
मेचीनगर।
झापाको काँकरभिट्टामा आज मंगलबारबाटअन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु हुदैंछ । काँकरभिट्टा खानेपानीको सभाहलमा मंगलबार प्रतियोगिताको उद्घाटन प्रदेश नं १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गर्नु हुने नाइतट चेस क्लबका अध्यक्ष राजु कार्कीले चौतारी पोष्ट अनलाइनलाई बताए ।
नाईट चेस क्लव काँकरभिट्टाको आयोजनामा आजबाट २६ फागुन सम्म सम्म संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष कार्कीले बताएकाछन् ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका गरि करिब २५० जना खेलाडिको सहभागीता रहने अपेक्षा गरिए पनि पछिल्लो समय कोरोनाको संक्रमण र त्रासको कारण सहभागी केही घट्न सक्ने अनुमान गरिएको छ ।
सो प्रतियोगितामा सहभागी हुनका लागि भारताका बिभिन्न सात प्रान्तबाट खेलाडिहरु आइ रहेको र केही खेलाडिहरु आइपुगि सकेको जानकारी प्राप्त भएको छ । हामीलाई प्राप्त जानकारी अनुसार प्रतियोगितामा ८० बर्षीय खेलाडि देखी नेपाली ७ बर्षीय खेलाडिको समेत सहभागीता थाहा भएको छ ।
प्रतियोगितामा खुल्लातर्फ २० उत्कृष्ट खेलाडिहरु पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्दितीय, तृतीय हुनेले क्रमशः नगद रु ६० हजार, ५० हजार तथा ४० हजार प्राप्त गर्नेछन् । साथै थप उत्कृष्ट १७ जनालाई अधिकतम १८ हजार देखि न्युनतम ५ हजार सम्मको नगद पुरस्कार राशिको ब्यवस्था गरिएको अध्यक्ष कार्कीले बताए । कार्कीका अनुसार भेट्रान, प्रदेश स्तरीय, मेचीनगरका बिभिन्न उमेर समुह लगायत अन्य थप २० जनाले ३ हजार देखि १ हजार सम्म नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सन् २००४ मा यो स्तरको टुर्नामेण्ट भएको र त्यस यता दोस्रो ठूलो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भएकाले यसको आफ्नै महत्व रहेको कार्कीले बताए । नेपाल लगायत छिमेकी मुलुकका प्रतियोगिहरुको सहभागिता रहने यो आयोजना मेचीनगरबासीका लागि गौरवको विषय समेत रहेको उनको कथन छ । यो प्रतियोगिताले हाम्रा छिमेकी देशहरु सँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ पार्न महत्वपूर्ण भुमिका खेल्ने र आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने उनको भनाई छ ।
आजबाट शुरु हुने प्रतियोगिता फागुन २५ गते समापन गरिने कार्कीले जानकारी दिएकाछन् ।



