खबर

अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : बाघडुग्रा पुलिसले मंगलबार बिहानै बाघडुग्रा पुलिस थाना अन्तर्गत पर्ने सिंगी झोडासँग संलग्न एशियन हाइवे-2 बाट एउटा अज्ञात व्यक्तिको शव उद्धार गरेको छ। यस घटनापछि उक्त इलाकामा सनसनी मच्चिएको छ। तथापि उक्त शवको हालसम्म पहिचान हुन नसकेको बताइएको छ। पुलिसले उक्त घटनाको जाँच शुरू गरेको जनाएको छ।

अनियमित बिजुली आपूर्तिको विरोधमा भाजपाको विरोध प्रदर्शनी

खोरीबारी : भारतीय जनता युवा मोर्चा खोरीबारी क्षेत्रको तर्फबाट अनियमित बिजली आपूर्तिको विरोधमा आज सिलगढी सांगठनिक जिल्लाका सभापति कञ्चन देवनाथको नेतृत्वमा बिजुली कार्यालय घेराउ गरेर विरोध प्रदर्शनी गरे। भारतीय जनता युवा मोर्चा खोरीबारी क्षेत्रका सदस्यहरूले खोरीबारी बिजुली विभागका स्टेशन म्यानेजर सुबेण्द्र साहालाई घेराउ गरेर अनियमित बिजुली आपूर्ति के कारणले भइरहेछ भन्नेबारे जानकारी मागे।

यसपछि स्टेशन म्यानेजरले यसबारे उचित आश्वासन दिएपछि उक्त प्रदर्शनी हटाइएको बताइएको छ। यस अवसरमा भाजपा क्षेत्र प्रेसिडेन्ट कल्याण कुमार प्रसाद, भाजयुमो खोरीबारी मण्डल सभापति तापस माझी, जीएस तरुण सिंह, अजीत सिन्हा, विक्की घोष एवम् अन्य उपस्थित थिए।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button