सृजनाको चौतारी

इलाम

तारा पौडेल

सुन्दरताको खानी नै छ इलामका गाउँ
सुर्योदय हेर्नलाई श्री अन्तु नै जाऔ
प्रकृतिले दिएका नजर यहा कती कती
अशख्य छ्न घुम्ने ठाँउ लेख्ने सम्झे जती
आइतबारे , पन्चक्न्या , कर्फोक बिच माहा
फिक्कल बजार केन्द्र बिन्दु सबको मुटु यहाँ
बौद्ध गुम्बा , पशुपति , तल गोर्खे जहा
जाप्निज पनि घुम्न आउने गोर्खे बजार महा
पाथीभरा , गजुर मुखी , बालागुरु धाममा
मनकामना पुरा गर्न जानु सोही ठाँउमा
माई बेनि को मेला भर्दै नामशालिङगको गाउँ मा
बिद्दवान को भिड नै हुने शुरु तेहि ठाँउमा
बाँस बस्दै इलाम बजार माइ पोखरी जानू
फर्की आउँदा माईस्थानमा पुजा गर्नु सानो
पूरा हुने मन को इच्छा मागे जती जान्नु
इलाम को चियावारि मा सेल्फी पनि हान्नु
पहाडकि रानी इलाम , मेघमा , जौबारि
आउनु हजुर एक पल्ट दु:ख कष्ट गरि
थरी थरी जात थर बस्छौ मिलि जहाँ
सके सम्म सदभाब मिल्छ फिक्री छैन यहाँ
अार्गेनिक सागपात खान पाइने जहिले
दानाबारि चिसापानी घुम्नु कहिले कहिले
बतासे र लक्ष्मीपुर मा मान्छे राम्रा कती
जे जे माग्यो हुन्छ भन्ने ईज्जत् गर्ने अति
प्रकृति को रस्वास्वादन गर्न पाइने यहाँ
मिल्ने भए दिनु हुन्थ्यो नेपाल भरी महा
सुन्दरताको खानी नै छ इलामको गाउँ
सुर्योदय हेर्न लाई श्री अन्तु नै जाऔ ।

यो रचना गर्नु को मुल उदेश्य मात्र इलामको चिनारी गर्न खोजिएको हो । रचनामा नयाँ भाव हरु तेय्ती पाईदैइन । लेखन मा भएका अशुद्धता लाई म आफूनै ग्रहण गर्दछु ।
यो रचनाले सबै क्षेत्र समेटन सकेकाे छैन ।तारा पौडेलको फेसबुकबाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button