खबर

वाणिज्य संघको आयोजनामा सुरुङ्गा बजारमा सरसफाइ

४ कार्तिक २०७७
बिर्तामोड । कन्काई उद्योग वाणिज्य संघले सुरुङ्गा बजार क्षेत्रमा सरसफाइ गरेको छ ।मंगलवार सुरुङ्गा बजार क्षेत्रका विभिन्न चोक र बाटोमा सरसफाइ गरेको हो ।

कन्काई उद्योग वाणिज्य संघ सुरुङ्गाको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा कन्काई नगरपालिकाको सुरुङ्गा बजार क्षेत्रमा सरसफाइ गरिएको कन्काई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले जानकारी दिए ।
नेपालीहरुको महान चाड वडादशैंको उपलक्ष्यमा सरसफाइ गरिएको बताउँदै अध्यक्ष चिमरियाले सरसफाइ कार्यक्रमलाई छठ पर्वसम्म निरन्तरता दिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button