खबर

नेपाल दलित मुक्ति मोर्चाको कार्यवाहक संयोजकमा टेक बहादुर विश्वकर्मा

२०७७ कार्तिक ४

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाको कार्यवाहक संयोजकको जिम्मेवारी सो मोर्चाका नेता टेक बहादुर विश्वकर्मालाई दिइएको छ ।

जातीय विभेदका आधारमा भएका हत्या, हिंसा, बलात्कार लगाएत घटना विरुद्ध निरन्तर सडक संघर्षमा रहेको मोर्चा संगठनका संयोजक अमर परियार तथा सहसंयोजक बाबुराम प्यासी परियारद्वारा संयूक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।

रुकुमपश्चिम सोतीमा अन्तरजातीय प्रेम सम्बध रहेको कारण नवराज विक लगाएत छ जना होनहार युवाहरुको सामुहिक हत्या, धनुषाको प्रहरी हिरासतमा मारिएका शम्भु सदा, अंगिरा पासी लगाएतका दोषीहरुलाई कारवाहीको माग गदैं गरिएको विरोध प्रर्दशनमा घाईते समेत भएका नेता विश्वकर्माले जिल्ला संगठनको नेतृत्व गदैं बागमती प्रदेशको समेत नेतृत्व गरिसकेका छन्

यस्तो छ प्रेस विज्ञप्तिको पुर्णपाठ
दलित समुदायमाथि भईरहेको राजनीतिक, आर्थिक, सामाजिक–संस्कृतिक लगाएतका क्षेत्रमा लादिएको तमाम विभेदका विरुद्ध तथा वर्गविहिन समाज निर्माण गर्न संघर्षरत हाम्रो गौरवशाली संगठन नेपाल दलित मुक्ति मोर्चाको संयोजक र सहसंयोजक सहित मिति २०७७ कार्तिक १ गते बसेको कार्यालय बैठकको निर्णय अनुसार मोर्चाका सचिवालय सदस्य क. टेक बहादुर विश्वकर्मालाई कार्यवहाक संयोजक चयन गरिएको जानकारी गराउँदछौं ।moolbato.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button