
तिनको पनि ढलेकै हो
उनको पनि ढलेकै हो
अब पालो फेरि उहाँहरुको
जनताले बनाउँछन् सत्ता अनि जनताले नै ढाल्छन् सत्ताहरु
सत्ता अक्सर डुक्रिने गर्छन्
रगत र पशिनाको नारामा निमार्ण हुन्छन्
मुक्ति र विद्रोहका नाममा तयार भएका हुन्छन् सत्ता
सपना भित्रका पनि सपनाहरु जोडिन्छन् सत्तामा
जब सत्ता महा साँडे जस्तो डुक्रिन थाल्छ
उसको दिन गन्ति पनि हुने गर्छन्
जसले बनाएका थिए उनीहरुलेनै भत्काउँछन्
अनि फेरि नयाँ निमार्ण गर्छन्
साँढेहरुलाई लतारेर पाता कस्ने गर्छन्
इतिहाँसले यस्तै लेखिरहेको छ
समानता र समृद्धिका नाममा बनाइएका हुन्छन् सत्ता
भोक,रोग, गरिबी र न्याय अनि समानतासँग जोडिएका हुन्छन् सत्ता
तर, जब साँडेहरुको जगजगी हुन्छ
जसले निमार्ण गर्छन् उनीहरु माथिनै साँडेको अत्याचार हुन्छ
फेरि ति मान्छेहरुले नै भत्काउँछन् त्यो सत्तालाई
अनि साँडेहरुका जुरा उखेलिन्छन् र बदनामहरुलाई गुमनाम बनाउँछन्
सत्ता बनाउने जनता हुन् अनि भत्काउने पनि जनतानै
साँडेहरुको ताण्डवको अन्त्य पनि उनै जनताले गर्छन्
इतिहाँसले यस्तै लेखेको छ
अब पालो तिम्रो सत्ता ढल्ने
किनकी तिमी , महा साँडे भएकाछौ
अब फुस्कने पालो तिम्रो जुरोको छ
शायदै अब तिमी सडकमा पट्टा खेल्न पाउने छैनौँ
किनकी सत्ता जसले बनाउँछन्
ढाल्ने अधिकार पनि उनीहरुलाई मात्र छ
अब पालो तिम्रो सत्ताको
उनको पनि जनताले ढाले
तिनको पनि उनीहरुले नै भत्काए
अब पालो तिम्रो छ


