सृजनाको चौतारी

समाज बदल्नेहरु

जी एन शर्मा
कथा
उसलाई मनपर्ने साहित्यको विधा कथा र कविता नै हो । ऊ आफ्ना कथा र कवितामा पात्र छान्नु पर्दा ‘म’ पात्र नै छान्थ्यो । अर्थात उसले लेख्ने कथा होस् या कवितामा आजसम्म ऊ आपैmँ पात्र बन्ने गरेको छ ।
उसका साहित्यिक विधामा पनि म प्रायः उसका कथाहरु पढ्ने गर्थेँ । ऊसँग भेट्नुअघि मैले उसका दर्जनौ कथा र कविताहरु पढिसकेकी थिएँ । प्रगतवादी साहित्यको भावधारामा रहेर उसले सिर्जना जन्माउने गथ्र्यो । म आपैmँ पनि नेपाली साहित्यको विद्यार्थी भएकाले उसको लेखनको समीक्षा गर्नुपर्दा म उसलाई प्रगतिवादी धाराको स्वतन्त्र लेखक भन्न रुचाउँछु ।
चेतना, विद्रोह र मुक्तिसँगै कताकता ऊ मनोविज्ञानको स्वछन्दतामा देखा पर्नेगर्छ । समग्रमा ऊ एउटा जनपक्षीय साहित्यकर्मी नै हो । उसका कथाहरु यथार्थताको धरातलमै रहेर समाज दर्पणको रुपमा उक्लेका हुन्थे । गजबको कुरा त यो छ कि ऊ आफ्ना सिर्जनामा आपैmँ पात्र बन्नेगर्छ । ‘आस्था’, ‘राता मान्छेहरुका सपना’, ‘एक सहरको गल्ली’ र ‘मृत्युसँग हात मिलाउँदा’ मलाई उसले लेखेका औधी मन पर्ने कथा हुन् ।
मलाई लाग्छ उसका साहित्यिक रचनाहरु बजारमा आउनसाथ सबैभन्दा पहिला किन्ने पाठक म नै हुन्छु होला । एक शब्दमा भन्दा म उसलाई नारीवादी लेखक भन्न रुचाउँछु ।
उसका बारेमा उसका कथा पढिसकेपछि म सम्झन्थेँ– यो मान्छे चालीस वर्षजति काटेको होला । चुस्स दाह्री पलाएको, सानादारको, गम्भीर स्वभाव म ऊ यस्तै होला भनेर लख काट्थेँ ।
म एम्.ए.ः तेस्रो वर्षको परीक्षाको तयारीमा थिएँ । परीक्षा नजिकिँदै आएको थियो । म अरु बेलाभन्दा आफ्नो अध्ययनमा केही महिनादेखि आफ्नो घर चितवन आएकी थिएँ । परीक्षाको अन्तिम तयारीमै जुटिरहेकै बेला काठमाडौँबाट साथी निशाले फोन गरी ।
उसलाई पनि कोठामा एक्लै बस्नु परेकाले छट्पटी भइसकेको रहेछ । हुन पनि म चितवन आएदेखि काठमाडाँमा एक्लै थिई । निशा मेरी असाध्यै मिल्ने साथी हो । उसको घर गोर्खा हो । ऊ र म एउटै कलेजमा पढछौँ । हाम्रो आत्मीयता त यसरी पनि बढ्यो कि हामी दुवै यो समाजले भन्ने गरेजस्तै दलितका छोरीहरु रहेछौँ । हाम्रो वर्ग, सोच र चिन्तन मिलेका कारण हामी साँच्चै असल साथी बन्न पुगेछौँ ।
मजस्तै हिमालले लेखेका कथाहरु निशा पनि औधी चाख राखेर पढने गर्छे । हामीलाई हिमालका कथा यसकारण पनि मन पर्थे कि सामाजिक उत्पीडनको चित्र उसका कथाहरुमा ‘म’ पात्रको प्रतिनिधिले खुलेरै भूमिका खेलेको हुन्छ । दलित र उत्पीडित जनसमुदायको दारुण चित्रलाई उसका कथाले प्रतिनिधित्व गरेको हुन्छ । निशा र म दुवै दलित समुदायका भएकाले पनि होला हिमालका कथा र कविता हामीलाई पठनीय लागेको हुनुपर्छ ।
निशाले काठमाडौँबाट फोन गरेपछि म काठमाडाँै जाने तयारीमा लागेँ । जानु नै परेपछि किन ढिला गर्ने भनेर म भोलिपल्टै हिँड्ने तयारीमा लागेँ । सौराहबाट नारायणघाटसम्म आमा र भाइ पु¥याउन आए । छिटोछरितो यात्रा भनेर म माइक्रोबसमै काठमाडौँतिर लागेँ ।
कुरिनटार पुगेपछि गाडी बिग्रियो । धेरै कोसिस गर्दा पनि गाडी बनेन । लगभग कुरिनटारमा नै घाम डुबिसकेको थियो । असारको समय थियो, बाटो पनि त्यति राम्रो थिएन । जताततै पहिरोले बाटो भत्काएको थियो । हाम्रो गाडीमा हामी तीसजना यात्रु थियौँ । माइक्रोका स्टाफले अर्को गाडीमा चढाउने कुरा गरे तर कुनै गाडी रोकिएन । झमक्कै साँझ प¥यो, त्यसमाथि मुसलधारे पानीले हाम्रो यात्रालाई अरु कठिन बनाइदियो ।
हामी साँच्चै अलपत्र प¥यौँ । पानी अभैm मुसलधारे भयो । म छेउको एउटा घरमा ओत लाग्न गएँ ।
घरभित्रबाट एउटा युवक बाहिर निस्कियो र भन्यो– ‘‘भित्रै आउनुहोस् न ।’’ ‘हैन ठिकै छ’ मैले भनेँ । बाछिटाले मलाई भिजाउन सुरु गरिहाल्यो । अघि ठीकै छ भनेँ, अहिले भित्रै नगई सुखै भएन । अप्ठयारो मानेभैmँ गरेर भित्र पसेँ । उसले एउटा कुर्सी देखाइदियो र बस्न सङ्केत ग¥यो ।
भोल्टेज नपुगेर बिजुलीबत्ती बाध्यताले बलेभैmँ थियो । घरमा कसैको चालचुल थिएन । उसले भान्सा कोठाभित्र पसेर एक गिलास चिया दिँदै भन्यो– ‘‘टाढैबाट आउनुभएको ?’’ ‘‘हैन चितवनदेखि हो, गाडी बिग्रियो ।’’
‘‘अप्ठ्यारो मान्नु पर्दैन, ढिला भयो भने पाहुना बने फरक पर्दैन’’ म पनि यो गाउँको पाहुनाजस्तै हुँ ।’’ उसको यो भनाइपछि थाहा भयो ऊ पनि नयाँ मान्छे नै रहेछ । मलाई जिज्ञासा लाग्यो र सोधेँ– ‘‘तपाईँको घर नि ।’’
‘‘मेरो घर त पूर्व हो, यहाँ अस्थायी शिक्षकको रुपमा कार्यरत छु । यहाँ आएको धेर पनि भएको छैन, तीन महिनाजति भयो ।’’
साँझ पुरै ढल्केर रात परिसकेको थियो गाडीका यात्रुहरु आआफ्नो बन्दोबस्तीमा लाग्दै थिए । पानी रोकिने छाँटकाँट नै थिएन । मैले पनि आफ्नो बासको खोजीमा लाग्नैपर्ने बेला कट्दै थियो । हेर्दा साँझ झमक्कै परेको छ, शिक्षक रहेछ यहीँ पो बसौँ कि भन्ने लाग्यो । तर, फेरि सम्भेmँ– यो एक्लो केटो मान्छेसँग बस्नु कति उचित हुन्छ भन्ने पनि लाग्यो । ऊ एउटा टेबलमा बसेर केही लेखिरहेको थियो । मैले आपूm जाने तरखरा लागेर उठदै भनेँ– ‘‘सर, म जानुप¥यो’’ ऊ झस्केभैmँ भयो र भन्यो– ‘‘रात परिसकेको छ, फेरि यस्तो मुसलधारे पानी, कहाँ जानुहुन्छ ? सम्झनुहोस् न यो पनि तपाईँकै घर हो । यहाँ बस्नु र अरुतिर बस्नुमा के फरक पर्छ र ? फेरि होटलमा बस्नुपर्छ होला । उसको तर्क पनि मेरै पक्षमा थियो जहाँ भए पनि आखिर म त एक्लै न हुन्छु । मान्छे हेर्दा इमान्दार नै परेको छ भन्ने लाग्यो र त्यहीँ बसौँ कि जस्तो पनि लाग्यो । ‘‘एउटा अपरिचित केटो मात्रै भएको ठाउँमा बस्न तपाईँलाई अप्ठ्यारो लागिरहेको होला तर ढुक्क बन्नुहोस र सम्झनुहोस म तपाईँको पूरानो साथी हुँ ।’’ ऊ फेरि लेखनमै तल्लीन भयो ।
जे त होला नि भन्ने सम्झेर मैले त्यहीँ बस्ने निर्णय गरेँ । एक छिनपछि ऊ खाना बनाउन थाल्यो । मैले पनि सहयोग गरेँ । साँच्चै उसले भनेभैmँ ऊ र म पूरानो साथीभैmँ भएको जस्तो लाग्यो उसको फरासिलो व्यवहारले । तर त्यतिबेलासम्म हामीले ऊसँग परिचय भने गरेका थिएनौँ । खाना खाइसकेपछि उसले मलाई एउृटा ओछ्यान देखाइदियो । कोठा एउटा थियो । खाट अलगअलग थिए । बीचमा एउटा टेबल थियो । मनमा शङ्काउपशङ्काले दोहोरी त खेल्दै थियो तर पनि एक ढुक्कले बस्नु मेरा लागि बाध्यता थियो । ऊ अघिकै आफ्नो काममा जुट्न थाल्यो तर अहिले भने उसले मसँग चिनजान गर्ने तरखरमा र भन्यो ‘ए, मैले त भुसक्कै बिर्सिएछु तपाईँसँग परिचय गर्न ।’ मैले आफ्नो परिचय दिँदै भनेँ– ‘‘म समीक्षा बराइली, घरचाहिँ चितवन हो । काठमाण्डौँमा पढछु ।’’ उसले मुन्टो हल्लाउँदै भन्यो– ‘‘म हिमाल क्षेत्री ।’’ उसले आफ्नो परिचय पूरा दिन नपाउँदै मैले भनिहालेछु– ‘‘तपाईँको नाम त मलाई मन पर्ने कथकारको पो रहेछ ।’’
ऊ फिस्स हाँस्यो र भन्यो– ‘‘तपाईँलाई हिमालका कथाहरु मन पर्छन् ? मैले मुन्टो हल्लाएर ‘अँ’ भनेँ । आफ्नो रुचीको विषयको कुरो उठेपछि मलाई पनि गफगाफ गर्न जाँगर चल्यो अनि मैले उसलाई सोधेँ– ‘‘तपाईँ पनि पढनुहुन्छ हिमालका कथाहरु ?’’ यो चोटि ऊ अलि उत्सुक बन्यो र भन्यो– ‘‘आफ्ना कथाहरु नपढ्ने त कुरै भएन नि ।’’
उसको यो भनाइले म तीनछक्क परेँ । ‘‘तपाईँ हो र कथाकार हिमाल क्षेत्री !’’ ‘‘हो, मै हुँ’’ उसले भन्यो । तर, मैले पत्याउने कि नपत्याउने भन्ने दोधारमा परेँ तर ऊ नै रहेछ हिमाल क्षेत्री । ऊ आफ्नो अर्को कथासङ्ग्रहको तयारीमा रहेछ । आपूmलाई मनपर्ने कथाकारसँगको यो संयोगको साक्षात्कारले मलाई सीमापारकै उत्साहित बनायो र उसको अर्को कथासङ्ग्रहको बारेमा कुरा गर्न थालेँ । अन्तिम तयारीमा रहेको उसको यो कथासङ्ग्रहको नाम रहेछ– ‘‘बीरु कमरेड’’ । ‘‘वीरु कमरेड’’ कथासङ्ग्रहको बारेमा उसले भन्दै गयो–
‘यो नाम लिनेबित्तिकै म त्यो अनुहारलाई सम्झन्छु जुन अनुहारमा चेतना, विद्रोह र मुक्तिको छाल छचल्किरहेको देख्छु । एउटा कष्टपूर्ण सङ्घर्षमयी जीवनलाई अघि बढाउँदै परिवर्तको पक्षमा नदीको प्रवाहभैmँ बढिरहेकी मेरी प्रिय बहिनी अर्थात ‘वीरु कमरेड’ ।
वैचारिक राजनीतिक रुपमा म अहिले पनि एउटा पार्टीले अघि सारेको राजनीतिक कार्यदिशाको पक्षपाती हुँ । कुनै समय म त्यो पार्टीको अलिक सक्रिय सदस्य पनि थिएँ तर त्यहाँ हुर्कँदै गरेको गुटबन्दी र सङ्कीर्णताले मैले त्यो पार्टीको सक्रिय सदस्यको रुपबाट बाहिरिनुको विकल्प भएन । यद्यपि माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको पथप्रदर्शक सिद्धान्त बोकेको त्यसको कार्यदिशाको म अहिले पनि पक्षपाती हुँ । विचारको ग्रहण भनेको कुने पार्टीमै बसेर मात्र हुँदैन र विचार कसैको निजी सम्पत्ति पनि होइन । तर, मैले पार्टी कार्यक्रमको सिलसिलामा एक वर्षअघि बहिनीलाई भेटेँ । भेट्न त त्यो बेला मैले अरु थुप्रै साथीहरुसँग पनि भेट नभएको होइन तर भुल्नै नसक्ने नाम मेरो मस्तिष्कमा बस्यो– ‘वीरु बहिनी’ ।
पूर्वतिर पार्टीको जनवर्गीय सङ्गठनको कामको सिलसिलामा उनीलगायतका साथीहरु पनि आएका रहेछन् । म पनि त्यो बेला घर आएको थिएँ । साँस्कृतिक क्षेत्रमा समेत मेरो रुची भएको कारण संयोगवश वीरुसँग भेट भयो । हामी लगभग अरु साथीहरुसँगै समूहमा एक महिना बस्यौँ होला । त्यो एक महिनाको समयमा वीरुमा जुन जुझारुपन देखेँ, जुन निःस्वार्थ परिवर्तनको पक्षमा उठेको उत्साह भेटेँ अनि क्रान्तिप्रतिको अटल विश्वास, त्यसलाई म अहिले पनि सलाम गर्छु ।
हक्की स्वभाव थियो वीरुको चित्त नबुझे भनिहाल्ने अनि आफ्नो जिम्मेवारीप्रतिको सचेतता । उनको अनुहारमा म जतिबेला पनि परिवर्तनका समनाका रेशाहरु दगुरिरहेको देख्थेँ ।
मलाई उनले दाजु भनेर सम्बोधन गर्थिन् । म एउटा योद्धा बहिनीको दाजु बन्न पाएकोमा साँच्चै मख्ख पर्थेँ । वीरुको जीवनयात्रा अहिले पनि सङ्घर्षको पथमा छ । हिजोको उसको विगत पनि त्यस्तै थियो । पूर्वी तराईको एउटा गाउँमा वीरुको जन्म भएको थियो । बाल्यकालमै उसले बुबाआमाको ममताबाट वञ्चित बन्नुपरेको थियो । मामाघरमा हुर्किएकी वीरुको सानैदेखिको जुझारुपनाले ऊ पछि एउटा कम्युनिस्ट पार्टीमा आवद्ध वनेकी थिइन् ।
पछिल्लो समयमा आएर वीरु साँच्चै पार्टीको जुझारु कार्यकर्ता बन्न सफल भइन् । म अहिले पनि सम्झन्छु वीरुको समाज परिवर्तनप्रतिको निष्ठा, पार्टीको इमान्दारिता र सिद्धान्तप्रतिको आस्था । र, मलाई थाहा छ यो सबभित्र वीरुको सपना छ अर्थात पार्टीभित्र अरु थुप्रै वीरुहरु होलान् जसलाई मैले नजिकबाट चिन्न नसकेको हुँला तर ती सबैसँग एउटा समना छ– ‘‘न्यायपूर्ण समाजको निर्माण’’ । आफ्ना थुप्रै निजी जीवनका आरोह र अवरोहहरुलाई बेवास्ता गर्दै देश र जनताको पक्षमा जुटिरहेका वीरुहरुको समाज बदल्ने सपनालाई पार्टी नेतृत्वले कसरी लिएको छ त्यो त मलाई थाहा भएन तर मैले छोटो समयमा नजिकबाट नियालेका सम्झना भाउजु, पुर्वी पहाडकी अनिताजी र विश्वनाथजीहरु पनि वीरुहरु नै हुन् । पार्टीका वीरुहरुको उत्साहलाई पार्टीले कसरी सम्मान गर्ने छ र उनीहरुको भावनालाई कसरी आत्मसात गर्नेछ त्यो त भविष्यकै गर्भमा छ ।
वीरु कमरेड कथा सङ्ग्रहको ‘वीरु’ शीर्षकको यो कथा पूरा नहुँदै उसले पढ्न छाड्यो । कथाकार त आपैmँ पो रुन थाल्यो, म त तीनछक्क परेँ । म उसको नजिक गएर भनेँ– ‘‘सर, के भयो ? तपाईँ त कथा पूरा नहुँदै आपैmँ पो रुन थाल्नुभयो नि ?’’ ऊ केही सम्हालिएभैmँ भयो । अलिकति अप्ठ्यारो मानेभैmँ पनि ग¥यो र भन्यो– ‘‘समीक्षाजी, म सकेसम्म आफ्ना कथाहरुमा काल्पनिकताको आभास नआओस् भनेर सामाजिक जीवनका जीवनभागाइलाई जोड्नेगर्छु तर जब तीता, पीडादायी शब्दहरु अवतरण हुन्छन, आपैmँलाई रुन मन लाग्छ ।’’ यो कथा पनि त्यस्तै बन्दै छ । यो पार्टीमा मैले नजिकबाट चिनेका वीरुहरुको भोलिको भविष्य सम्झेर मैले मन थाम्नै सकिनँ । मैले एउटा मात्र पार्टीको कुरा गरेको हैन अरु पाटीमा पनि थुप्रै वीरुहरु थिए र छन् तर समयक्रममा ती वीरुहरु कुनै कथाका अलपत्र परेका पात्रहरुभैmँ भएका छन् । परिवर्तनका लागि क्रान्तिको सपना देखेर आफ्नो जीवनको सम्पूर्ण उर्जा पार्टीमा दिने वीरुहरुको हविगत अलपत्र परेका सडकहरुजस्तै हमीसँग थुप्रै उदाहरणहरु छन् । समीक्षाजी, आखिर किन यस्तो हुन्छ ?
उसले लेखेको कथाले एउटा निकास निकाल्छ भन्ने मैले सोचेको थिएँ तर उसले पो मलाई उल्टो प्रश्न गरिदियो । ‘‘तपाईँको यो कथाको अन्त्यचाहिँ कसरी भएको छ सर ?’’ आपूm पन्छन मैले उसलाई प्रश्न गरिदिएँ । उसले अर्को एउटा डायरी झिक्यो र देखाउँदै भन्यो– यो कथाको अन्त्यचाहिँ यसरी भएको छ–
‘‘पूरा हुनेछन् एक दिन तिम्रा सपनाहरु निरन्तर अघि बढ्दै जाऊ
आउनेछ एक दिन त्यो बिहानी रक्तिम उत्सव बनेर
मेरी प्रिय बहिनी वीरु अर्थात वीरु कमरेडहरु
उयm त्यो क्षितिजतिर हेर त
त्यहाँ एउटा नयाँ बिहान उदाउने प्रक्रियामा छ
तिमी धैर्य गरेर बस
आफ्नो मुक्तिका लागि एक दिन आपैmँ झुप्रा र छाप्राहरु उठ्ने छन्
तिमी त्यो दिनको तयारीमा बसिरहनु, त्यो विद्रोहको नेतृत्व गर्न
इतिहासको त्यो नयाँ लेखनीका लागि युगले वीरुहरुलाई बोलाउनेछ
तिमीजस्तै साहसीहरुको नेतृत्व खोज्नेछ त्यो जनविद्रोहले
तिम्रो यात्रा लामो छ, पहाड र कान्लाहरु छिचोल्दै अघि बढ्दै जानू
बाटो बिराउने, अलमलिने र भाग्नेहरुलाई बेवास्ता गरिदिनू
तिमी त्यो दिन आजको जस्तै उत्साह र पहाड बनेर बस्नू
म तिम्रो विजयको अर्को कथा लेख्ने तयारीमा बसेको छु ।
त्यो विजय तिम्रो, मेरो अनि हामी सबैको हुनेछ ।
विजय उल्लासको रक्तिम भिडको कुनै एक ठाउँबाट
म तिमीजस्तै वीरुहरुलाई रातो सलाम चढाइरहेको हुनेछु
भाले बास्न थालेका थिए । धर्र्तीमा नजानिँदो ढङ्गले उज्यालोको छाँया परेभैmँ भएको थियो । सडकमा गाडीहरु दौडेको आवाज सुनिन थालेको थियो । म पनि हिँड्ने तयारीमा लागेँ । उसले चिया पकाएर ल्याइदियो । चिया पिउन्जेल हामीले उसैको कथाको बारेमा कुराकानी ग¥यौँ । म औधि खुसी पनि थिएँ । आपूmलाई मनपर्ने कथाकारसँगको भेटले मलाई उत्साहित र उत्सुक बनाइरहेका थियो । उसले मलाई दुईचार दिनपछि कथासङ्ग्रह छाप्न काठमाण्डौँ आउने बतायो । मैले आफ्नो कोठामा आउन उसलाई निम्तो दिएँ । गाडी चढ्ने ठाउँसम्म उसले मलाई पु¥याइदियो र हामी बिदाबारी भयौँ ।
काठमाडौँ पुगेपछि मैले मेरी साथी निशालाई बाटोका सबै कहानी बताएँ तर उसले सबै कुरो पत्याए पनि कथाकारसँग भएको भेट भने पत्याइन १५ दिनपछि हाम्रो कोठामा टुप्लुक्क आइपुग्यो । निशा त तीनछक्कै परी । उसले आफ्नो नयाँ कथासङ्ग्रह पनि ल्याइदिएको रहेछ । हामी दुबैको अनुरोधमा त्यो रात हिमाल हाम्रै कोठामा बस्ने भयो । खाना खाइसकेपछि गफगाफकै सिलसिलामा उसले मलाई सोध्यो– ‘‘समीक्षाजी, विवाहको बारेमा के सोच्नुभएको छ ?’’ मैले सहजै भनेँ– ‘‘खै सर, अहिलेसम्म त त्यस्तो केही सोचेकी छैन ।
हिमाल ः ‘‘कतैबाट विवाहको प्रस्ताव आयो भने नि ?
समीक्षा ः अनिचाहिँ सोच्नुपर्ला तर पढाइ पूरा नगरी….।
हिमाल ः विवाहपछि पनि पढे त भइहाल्छ नि, हुँदैन ?
समीक्षा ः त्यो पनि हो …।
हिमाल ः म तपाईँलाई केही भनौँ ?
समीक्षा ः भन्नुहोस् न… ।
हिमाल ः म तपाईँसँग विवाहको प्रस्ताव लिएर आएको ।
म त अरु कसैको बारेमा कुरा गरौँला भनेको त आफ्नै पो कुरो ग¥यो उसले । म छाँगाबाट खसेभैmँ भएँ । उसलाई मेरो बारेमा केही थाहा नहुँदानहुँदै पनि विवाहको प्रस्ताव गर्नुले म आपैmँ अनुत्तरित भएँ र भनेँ– ‘‘सर, म त दलितकी छोरी हुँ, तपाईँ र हाम्राबीच ठूलो जातीय असमानताको खाल्डो छ । तपाईँजत्तिको चर्चित मान्छेले त उच्च घरानाकी छोरी पाइहाल्नुहुन्छ नि ।’’
हिमाल ः समीक्षाजी, तपाईँहामी नै यो समाजमा रहेको जातीय असमानताको खाल्डोलाई अझ बढी गहिरो बनाउँदै गइरहेका छौँ । हामीजत्तिका पढेलेखेका मान्छेलाई त मान्छेमान्छेबीचको यो छुवाछुतको पाखण्डी भूतले छोड्न सकेको छैन भने कहिले हुन्छ यो समाजको परिवर्तन ? अनि कसले गर्छ यो समाजलाई परिवर्तन ?
उसको यो जवाफले म मौन बन्न बाध्य भएँ । निशा हेरेको हे¥यै भई ।
हिमाल ः यदि तपाईँ मसँग विवाह गर्न सहमत हुनुहुन्छ भने म तपाईँको परिवारसँग पनि कुरा गर्छु ।
मसँग उसलाई दिने कुनै जवाफ नै थिएन मैले मौन समर्थन जनाएँ । हिमालसँग भेट भएकै एक महिनापछि हाम्रो विवाह भयो । जब म विवाहपछि उसको घर गएँ त्यसपछि मलाई साँच्चै थाहा भयो– यो समाज बदल्न खोज्ने मान्छेहरु पहिला आपूm बद्लिएका हुँदा रहेछन । उनीहरुको घर बदलिएको हुँदोरहेछ । नाटकीय रुपमा मात्र हैन समाजलाई नयाँ दिशामा डो¥याउने मान्छेहरु सम्पूर्ण रुपमै बद्लिएका हुँदा रहेछन् । हिमालको घरमा बुहारी बनेपछि पो मलाई थाहा भयो । म एम्.ए.सम्म अध्ययन गरेकी मान्छे भएर पनि आपूm नै पो ती सामन्ती समाजको रुढिग्रस्त जालोमा कताकता अल्झिएकी रहेछु ।
हाम्रो विवाह भएकै दुई वर्षपछि मेरी साथी निशा सुन्दासको विवाह पनि हिमालकै पहलमा उसैको साथी रञ्जन शर्मासँग भयो । हिमाल अहिले आफ्नो साहित्य सिर्जनाको कार्यसँगै टेलिभिजन पत्रकारको रुपमा कार्यरत् छन् भने म दलित मुक्ति आन्दोलनमा जुटिरहेकी छु । हामीसँग अहिले एउटी छोरी छिन्– मुक्ता । ठ्याक्कै उसकै बाबाकी स्वभावकी, हेर्दा छुच्चीजस्ती देखिने तर उत्तिकै भावुक । म पनि मख्ख पर्छु यी बाबुछोरीलाई देखेर । जसरी औँसीको कालो रातको अन्त्यसँगै पूर्णिमाको चन्द्र आकाशमा गजक्क परेर हाँस्छ । (जिन्दगीका कथाहरु नामक कथा संग्रहबाट)
■

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button