जनादेश, काठमाडौं ।
नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेको दिनदेखि नै प्रधानमन्त्री ओली शून्यमा झरेको बताएका छन् । काठमाडौंस्थित नेपाल प्रज्ञा भवनमा प्रचण्ड नेपाल समूहको प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा उल्लेख गरेका हुन् ।
ओली खोक्रो राष्ट्रवादी भएको बताउँदै प्रचण्डले भने,’केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद बिघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’
प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीमा संसद विघटन गरी महाराजाको ह्वास्स गन्ध आएको दाबी गर्दै भने,’संसद मात्रै होइन संविधान विघटनको प्रक्रिया हो । विघटनको सिफारिसमा ह्वास्स राजा माहाराजाको गन्ध आउँछ ।’
देश तानाशाहीतर्फ धकेलिने प्रयासको जुनसुकै हालतमा प्रतिवाद गर्नुपर्ने उनले बताए । ‘देशलाई तानाशही तर्फ धकेल्ने प्रयास गरे त्यसको जुनसुकै हालतमा प्रतिवाद हुन्छ। अहिले हामी हतियारको भाषा बोलिरहेका छैनौ ‘ उनले भने ।


