खेलकुद

लेवान्डोस्कीको गोलमा बायर्न विजयी

बिहीबार, माघ ८, २०७७

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको एकमात्र गोल सहयोगमा जर्मन बुन्डेलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले अग्सवर्गमाथि १–० को झिनो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोलीमाथि जित निकाल्दा लेवान्डोस्कीले खेलको १३औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। पेनाल्टी बक्समा अक्सफोर्डले हातले बल छोएपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गरेको थियो ।

समा यो सिजन १५ खेलबाट २१ गोल गरिसकेका लेवान्डोस्की चुकेनन् । त्यसपछि पनि दुवै टोलीले केही सुवर्ण अवसर खेर फाल्दा लेवान्डोस्कीको पहिलो हाफको गोल नै बायर्नको जितमा निर्णायक बन्यो ।

यो जितसँगै बायर्नले शीर्षस्थानमा स्पष्ट ४ अंकको अग्रता लिएको छ । बायर्नको १७ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाट आरबी लाइप्जिगको ३५ अंक छ । पराजित अग्सवर्ग १९ अंक जोडेर १२औं स्थानमा छ ।

बुन्डेसलिगाकै अर्का खेलमा आरबी लाइप्जिगले युनियन बर्लिनमाथि १–० को जित निकालेको छ । इमिल फोर्सवर्गले ७०औं मिनेटमा गरेको गोल नै लाइप्जिगको जितमा निर्णायक बन्यो ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको लाइप्जिगको ३५ अंक पुगेको छ । पराजित बर्लिन २८ अंकसहित छैटौ स्थानमा छ ।hamrokhelkud/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button