खबर

असुरक्षित अपार्टमेन्ट, अनुगमन छैन

माघ ८, २०७७
काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् ।

अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देखिएको हो ।

संयुक्त आवासको स्वामित्वसम्बन्धी नियमावली, २०६० मा संयुक्त आवास भवन निर्माण तथा सञ्चालन भए नभएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्न सकिने व्यवस्था छ भने नियमविपरीत आवास भवन निर्माण तथा सञ्चालन गरेको देखिएमा कार्य गर्न रोक लगाउन सक्ने व्यवस्था छ । तर सहरी क्षेत्रमा नियमविपरीत भवन निर्माण भए पनि सरोकारवाला निकायले चासो दिएको पाइएको छैन ।

काठमाडौं रविभवनस्थित सोल्टी सिटीमा केही दिनअघि मात्र आगलागी भयो । आगो नियन्त्रणका लागि गएको टोलीले अपार्टमेन्टमा प्रवेश गरेर आगो नियन्त्रणको प्रयास गर्दा अपार्टमेन्टमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरणले काम नै नगरेको पाइएको छ । अपार्टमेन्टमा आकस्मिक रूपमा निस्कन मिल्ने द्वार र भ¥याङ भित्र र बाहिर दुवै ठाउँमा हुनुपने मापदण्डसमेत पूरा नगरेको पाइएको छ । राजधानी दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button