
माघ ३०, २०७७
एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । बिहीबार राति च्याम्पियनसिप क्लब ब्रान्सलेमाथि १–० को जित दर्ता गर्दै चेल्सीले एफए कपको अन्तिम आठको यात्रा तय गरेको हो ।
ब्रान्सलेको मैदानमा चेल्सीको जितमा ट्याम्मी अब्राहमले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६४औं मिनेटमा रिस जेम्सको पासमा गोल गरेका थिए ।
नयाँ प्रशिक्षक थोमस टुचेलको आगमनसँगै चेल्सीले पाँचौ खेल खेल्दा यो लगातार चौथो जित हो । टुचेलको पहिलो खेलमा चेल्सी वल्भ्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि चेल्सीले बर्नले, टोटेटनहम र सेफिल्डलाई पराजित गरेको थियो ।
एफए कपकै अर्काे खेलमा साउथह्याम्टनले वल्भ्समाथि २–० को सहज जित दर्ता गदै अन्तिम आठको यात्रा तय गरेको छ । साउथह्याम्टनको जितमा ड्यानी इंग्स र स्टुआर्ट आम्सट्रङले गोल गरे ।
यता स्पेनिस कोपा डेल रेको सेमिफानलको पहिलो लेगमा एथलेटिको बिल्वाओ र लेभोन्टेले १–१ गोलको बराबरी खेलेका छन् । लेभान्टेका गोन्जालो मेलेरोले गोल गर्दा बिल्वाओका इनिगो मार्टिनेजले गोल फर्काए ।
दोस्रो लेगमा पनि यही नतिजा कायम रहे लेभान्टे अवे गोलमा फाइनलमा प्रवेश गर्नेछ । बिल्वाओलाई फाइनल पुग्न जित आवश्यक हुनेछ ।hamrokhelkud/from



