कला

बलीउडका रोहितले नेपाली फिल्म गर्दै, दिपीकासँग जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं
नेपाली फिल्म निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने नेपाली फिल्म ‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् । रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलका लिड अभिनेता हुन् । साथै उनले रियालिटी शो बिग बोस १२ मा भाग लिएका थिए ।

‘तिमीसँगै हुने मन छ’मा यस अगाडी नै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी थिइन् । २१ बर्षिय रोहितसँगको सम्झौताको लागि निर्देशक भट्टराई केहि समय अघि मुम्बई पुगेका थिए । चैतको पहिलो हप्ताबाट छायांकनमा जान लागेको सिनेमामा अन्य कलाकारहरु भने केहि दिनपछि फाइनल गरिने जानकारी प्राप्त भएको छ ।

ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा प्रेम कथामा आधारित हुनेछ । यो फिल्ममा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाईने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button