खेलकुद

बिल्वाओको चार गोल

मंगलबार, फागुन ४, २०७७
एजेन्सी – एथलेटिको बिल्वाओले स्पेनिस ला लिगामा क्याडिजलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ ।

बिल्वाओको फराकिलो जितमा एलेक्स बेरेनगुएरले दुई तथा युनाई लोपेज र इनाकी विलियम्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

क्याडिजमा सोमबार राति भएको खेलको चौथो मिनेटमा नै बिल्वाओले एलेक्स बेरेनगुएरको गोलबाट अग्रता लिएको थियो । १५औं मिनेटमा युनाई लोपेजले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।

२९औं मिनेटमा एलेक्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बिल्वाओलाई पहिलो हाफमा ३–० ले अघि बढाए । ५२औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई ४–० को सानदार जित दिलाए ।

यो जितसँगै बिल्वाओ २२ खेलबाट २८ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्याडिज २४ अंक जोडेर १५औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button