खेलकुद

बायर्न हारबाट जोगियो

मंगलबार, फागुन ४, २०७७
एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख रेलिगेसन जोनमा संघर्ष गरिरहेको अर्मेनिया बिलेफिल्डसँगको हारबाट जोगिएको छ ।

२–१ ले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसो र अलफन्सो डाभिसले गोल गरेपछि बायर्नले अर्मेनियासँग ३–३ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिनामा सोमबार राति भएको खेलमा पाहुना टोलीका मिचेल भिलाप, आमोसस पिपर र क्रिस्टियन गेवाअरले गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्की, टोलिसो र डाभिसले गोल गरे ।

बायर्नविरुद्ध अर्मेनियाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । नवौं मिनेटमा मिचेल भिलाप र ३७औं मिनेटमा आमोसले गोल गरेका थिए । ४८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

लगत्तै ४९औं मिनेटमा क्रिस्टियनले गोल गर्दै खेललाई ३–१ को स्थितिमा अघि बढाए । ५७औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ७०औं मिनेटमा अलफन्सो डाभिसले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउदै बायर्नलाई हारबाट जोगा ।

यो बराबरीसँगै शीर्षस्थानको बायर्नको २१ खेलबाट ४९ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको आरबी लाइप्जिगलाई ५ अंकले पछि पारेको  । अर्मेनिया १८ अंक जोडेर १६औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button