कला

अभिषेक बच्चनको अभिनयलाई भनियो ‘थर्ड क्लास’

एजेन्सी, मुम्बई, 2021/04/09

अभिषेक बच्चन स्टारर फिल्म ‘द बिग बुल’ ८ अप्रिलबाट ओटीटी प्लेटफर्म डिज्नी हटस्टारमा रिलिज भएको छ । यो फिल्मलाई दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया मिलेको छ । तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मको आलोचना पनि गरेका छन् । कतिपयले फिल्ममा अभिषेकको अभिनयलाई ‘थर्ड क्लास’ भनेका छन् । उनले पनि यसको गतिलो जवाफ फर्काएका छन् ।

‘द बिग बुल’ हेरेपछि एक यूजरले लेखेका छन्, ‘सधैं जस्तो अभिषेक बच्चनको कथित ‘थर्ड रेट’ अभिनय, बेकारको लेखाई र झुर तरिकाले फिल्मांकन गरिएको फिल्मले निराश हुन दिएन । प्रतीक गान्धीको ‘स्कम १९९२’ योभन्दा उत्कृष्ट थियो ।’ यसको जवाफमा अभिषेकले लेखेका छन्, ‘मैले तपाईंलाई निराश हुन नदिएकोमा खुसी छु । फिल्म हेर्नका लागि समय निकालेकोमा धन्यवाद ।’

फिल्ममा अभिषेकले शेयर दलाली हर्षद मेहताको भूमिका निर्वाह गरेका छन् । यो चरित्रलाई हंसल मेहता निर्देशित वेब सिरिज ‘स्कम १९९२’ मा प्रतीक गांधीले निभाएका थिए र अब अभिषेकको तुलना प्रतिकसँग गरिएको छ । कुकी गुलाटी निर्देशित तथा अजय देवगन निर्मित फिल्ममा इलियाना डिक्रूज, निकिता दत्ता, सौरभ शुक्ला, राम कपूर लगायतको पनि अभिनय रहेको छ ।filmykhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button