सृजनाको चौतारी

यहाँ जस्तो, जस्तो छ मान्छे।

झरीझै कुरा रुमल्न जान्ने, अधिक छुरा चलाउँन जान्ने, जस्तो, छ मान्छे ।
न फुटेको जोड्न जान्ने , न उध्रेको सिउँन जान्ने, थरी, थरी छ मान्छे ।
यहाँ जस्तो, जस्तो छ मान्छे।
मान्छे, मान्छेको भिडमा ,कत्ति सन्नाटा देख्छ मान्छे
न औंलामा राख्छ अरु , नआफू गनिन्छ,बुझौ कस्तो मान्छेरु
यहाँ जस्तो, जस्तो छ मान्छे।
न मन सफेद छ, न अरु कोहि सफेद स्वीकार्छ मान्छे
न भयो परिवर्तीत न फिर्यो, ज्ञानले थरी,थरी छ मान्छे
यहाँ जस्तो,जस्तो छ मान्छे।
न बाँड्न जान्यो सितो नै ,न त जल थोपो घरी ,घरी।
न थाहा काल आउँने छिन भरमै बटुल्छ मरी,मरी
यहाँ जस्तो, जस्तो छ मान्छे।
न बनाँयो पधेँरो , कुवा भन्छ मेरा महल कती, कती।
न सन्तान साथ लाने ,के सक्लारु झन जुहारत ती।।
यहाँ जस्तो, जस्तो छ मान्छे।
न जनक बुझ्यो न त जननी, खोइ बेद, कुरान मै ।
खिच्छ जमिन लान झैं ,बुझ बगर आफ्नो हो नै।।
यहाँ जस्तो, जस्तो छ मान्छे।
झरीझैं कुरा रुमल्न जान्ने,अधिक छुरा चलाउँन जान्ने।
यहाँ जस्तो ,जस्तो छ मान्छे ।यहाँ,यहाँ जस्तो,जस्तो मान्छे।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button