
चैत २८, २०७७
एजेन्सी – इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा स्पेनिस फरवार्ड एडमा ट्राओरेले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा वल्भ्सले फुलहममाथि १–० को संघर्षपुर्ण जित हात पारेको छ ।
क्राभेन कटेजमा शुक्रबार राति भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका सुवर्ण अवसर खेर फाल्दा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेपनि इन्ज्युरी समयमा ट्राओरेले गोल गर्दै वल्भ्सलाई महत्वपुर्ण ३ अंक दिलाए ।
खेलको दोस्रो मिनेटमा नै नेल्सन सेमेडोको फ्रिकिकमा विलियन जोसको हेडर पोस्ट नजिकैबाट बाहिरिदा वल्भ्स अग्रता लिनबाट चुकेको थियो । २८औं मिनेटमा एन्टोनी रोविन्सनको पासमा रुवेन लफट चिकको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा फुलहम अग्रता लिनबाट चुक्यो । लगत्तै ३०औं मिनेटमा एलेक्सान्डर मित्रोभिकको प्रहारलाई वल्भ्सका कप्तान कोनर कोडेले ब्लक गर्दै गोलको संकट टारे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा विलियन जोसले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा वल्भ्स अग्रता लिनबाट चुक्यो । उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा ह्यारिसन रिडको पासमा मित्रोभिकको प्रहारलाई वल्भ्सका गोलरक्षक रुई प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए ।
७०औं मिनेटमा रिडको प्रहारमा गोलरक्षक प्याट्रिसियो नै बाधक बने । ७७औं मिनेटमा लिन्डर डेन्डनकरको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो । खेलको अन्त्यतिर घरेलु टोलीमाथि दवाव सिर्जना गरेको वल्भ्सले गोल गर्न सफल भयो । ८८औं मिनेटमा जोओ मौटिन्हो र ८८औं मिनेटमा मौटिन्होले अवसर चुकाउँदा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ट्राओरेले गोल गर्दै वल्भ्सलाई जित दिलाए । उनले फावियो सिल्भाको पासमा गोल गरेका थिए ।
जितसँगै वल्भ्स ३१ खेलबाट ३८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित फुलहमको रेलिगेसन डर बढेको ट । फुलहम ३२ खेलबाट २६ अंक जोडेर १८औं स्थानमा रहेको छ ।hamrokhelkud/from



