
जुन दिन म कहिल्यै नउठ्ने गरि निदाउछु नि
तिमीले छेउमा उभिएर प्रेमिल भाव नदर्शाउनु।
मैले गरेका सुकर्महरूकाे बखान गर्दैनगर्नु
मेराे काम गर्ने शैलीकाे प्रसंसा पटक्कै नगर्नु।
तिमीलाई अप्ठ्यारो परेकाे बेला परबाह गरेर
जाेखिम माेलेर काँध थापेकाे वर्णन गर्दैनगर्नु।
म तिम्रो समीपमा हुदा खेदाे गरेर पीडा दिएकाे
सायद मेराे आत्माले टुलुटुलु हेरिरहेकाे हुनेछ।
मेराे शरीर आगाेकाे लप्काेमा दनदनी जलेकाे बेला
तिम्रा आँखाका डिलमा आँसु टिलपिल पार्दैनपार्नु।
मेराे चितामा तिमीले सद्भावले मञ्जरी नचढाउनु
मेरा साक्षीहरूका अगाडि नजर लुकाउनु नपराेस।
जुन दिन म याे संसारबाट माेक्ष प्राप्त गर्छु नि
त्याे दिन लस्करमा मिसिएर तिमी मलामी नआउनु…!

