
धेरै पटक पँधेराेमा धाए उसलाई पाउन
बेवास्ता गर्छ तर पनि बानी परेछु परखने
पीडाहरू कागजमा उतारेर मन राेइ दिन्छ
प्रेम त कसी रहेछ पाउने आसक्ति हाेइन।
जब आँखा रसाएर परेली रूझाउछन्
अनुहारले अस्तित्व जाेगाउन खाेज्छ
सधै रातमा चम्किने ताराहरूलाई छाेपेर
अँध्यारोमा चन्द्रमा पागल भएर उदाउँछ।
साेध्दैनन् कसैले म उदास हुनुकाे कारण
आफ्नै आँसुले मअनुहार धुन थालेकाे छु
तनकाे माया गर्नेहरू लर्काे लाग्ने गर्दछन्
छैन भराेसा कसैप्रति एक्लै बाँच्न थालेकाे छु।
विवशताले मलाई माैन बस्न सिकायाे
समयले पीडा सहन गर्न सिकायाे
कहिले गाेरेटाेहरूका गन्तव्य हराए
कहिले आफन्तहरू गाेरेटाेबाट हराए।
हरेक चाेटले मलाई केही सिकायाे
सिकायाे फूलले मलाई असल बन्न
म आफै उल्झनमा परेर अन्जान छु
थाहै नपाइ जिन्दगी कात्राेमा बेरिएर गयाे।
२०८३/१/२६

