भिडियो चौतारीहेड लाइन

गणतन्त्र दिवसमै बालेनको क्रमभंगता ? रविको पनि मौनता !भिडियो

नेपालमा १९ औँ गणतन्त्र दिवस मनाइँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले स्थापित परम्परा तोडेको चर्चा सुरु भएको छ । गणतन्त्र दिवसको औपचारिक समारोहमा उपस्थित भए पनि उनले सम्वोधन गरेनन् भने कुनै शुभकामना सन्देश पनि जारी गरेनन् ।

प्रधानमन्त्री कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्वोधनका लागि आग्रह गरेपछि समारोहमा राष्ट्रपतिले नै सम्वोधन गरेका थिए । यस घटनालाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विभिन्न टिप्पणी भइरहेका छन् ।

उता रास्वपा सभापति रवि लामिछाने पनि गणतन्त्र दिवसका विषयमा मौन देखिएका छन् । उनले फेसबुक वा अन्य माध्यमबाट कुनै शुभकामना दिएका छैनन् ।

यस विषयमा तपाईंको धारणा के छ ? कमेन्टमा लेख्न नभुल्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button