भिडियो चौतारीहेड लाइन

राप्रपाभित्र विवाद चुलिँदा राणा–लोहनी–थापाको सन्देश स् पार्टी नछाड्न आग्रह—भिडियाो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको विवाद, असन्तुष्टि र नेतृत्वमाथिको प्रश्नका बीच पार्टीका तीन पूर्वअध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गरेका छन्।

उनीहरूले वर्तमान परिस्थितिबाट विचलित नहुन, पार्टी नछाड्न तथा कुनै पनि आत्मघाती निर्णय नगर्न कार्यकर्तालाई आग्रह गरेका छन्। संयुक्त वक्तव्यमा राप्रपाको भविष्य उज्ज्वल रहेको दाबी गर्दै हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा पूरा गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति तय हुने र निर्धारित समयमै महाधिवेशन सम्पन्न हुने पनि वक्तव्यमा उल्लेख गरिएको छ। पार्टीभित्र देखिएका समस्या, विकृति र चुनौतीहरूको समाधान महाधिवेशनबाट खोजिने भन्दै नेतृत्वप्रति विश्वास कायम राख्न कार्यकर्तालाई आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button