
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङले देशप्रेमकै कारण आफू सबैभन्दा बढी गाली र अपमान सहने व्यक्तिमध्ये एक बनेको बताएका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा उनले दैनिक १० हजारसम्म गाली खाने दाबी गर्दै पनि देश र जनताको पक्षमा बोल्न नछोड्ने बताएका छन्।



