सृजनाको चौतारी

जिन्दगीका किताबहरू

तिमी नजर लुकाएर हिँड्ने नगर
मुस्कुराएका अनुहारहरू सबै खुसी हुदैनन्
जिन्दगी कुनै किताब हाेइन
जाे हरेक दिन
पन्ना पल्टाएर पढ्ने गरिन्छ
जिन्दगी भाेगाइका हरेक सवाल जवाफहरू
सरल र सहज हुदैनन् प्रिय,
शब्दहरू हतियार जस्तै धारिला हुन्छन्
जसकाे प्रहारले जीवनभरि पीडा दिन्छ
मनमा दम्भ र पीडा बाेकेर नहिँड
तिम्राे अनुहार पढ्न गाह्राे हुदैन ।

मान्छेले विर्सने गर्दछ
मैले के के गरे ? के के भने ? भनेर
तर सुन्नेहरूले कहिल्यै विर्सदैनन्
जिन्दगी त यस्ताे एउटा चिठ्ठी रहेछ
जाे हरेक दिन लेखिन्छ
कहिले छाेटा र मधुरा अक्षरहरूले भरिन्छन्
कहिले लामा र गाढा अक्षरहरू लेखिन्छन्
त्यसैले चर्का आवाजहरूले
समस्याको समाधान हुदैन प्रिय…
धैर्यताले नै जिन्दगीका किताबहरू लेखिन्छन्…!

जिन्दगी कहिले हाँसाेमा उड्याे
कहिले आँसुले सम्हालिएर हिँड्न सिकायाे
मनमा बढेकाे दुरीले सम्बन्धहरू टुट्ने गर्दछन्
तिमी आगाेमा घिउ थप्ने काम नगर प्रिय
समय सधै अनुकूल भएर आउदैन
प्रतिकूल समयलाई आफैले अनुकूल बनाउनु पर्दछ
कैची चलाएर धाँजाे परेकाे मन कहिल्यै जाेडिदैन
जिन्दगी जिउन हरेक पटक मनलाई सिउनु पर्दछ
संयमनले नै हरेक परिवेशलाई जाेड्ने गर्दछ…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button