
धुलाबारी। नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले नेपाल जस्तो कम विकसित देशमा व्यापारीलाई भन्सारमा एमआरपी लगाउनु जायज नभएको बताएका छन् ।
आइतबार मेची उद्योग बाणिज्य संघले धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा आयोजना गरेको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपाध्यक्ष श्रेष्ठले यस्तो कुरा बताएका हुन् ।
झचाइना र भारतमा समेत एमआरपी लागू भएको छैन्’, श्रेष्ठले भने–झविकसित देश हुँदै गरेको कम विकसित देश नेपालमा व्यापारीलाई यो नियम लगाउनु उचित होइन ।’
उनले भने–झएमआरपी लगाउँदा जनताले झन दुःख पाउँछन् ।उदाहरणका लागि अहिल १५ सय पर्ने जुत्ता अब ३ हजार पर्छ ।’ उद्योगी–व्यापारीलाई विभिन्न बाहाना दुःख दिइरहेको बताउँदै उपाध्यक्ष श्रेष्ठले भ्याट, अन्यकर लगायतमा पनि सरकारले अंकुश लगाइरहेको बताए।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले व्यापारीसँगको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्ने बताइन् । उनले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो पार्नेमा जोड दिएकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बाणिज्य संघ सरकारी अंग जस्तै भएर हातेमालो गरिरहेको बताए ।
मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले सरकारले भर्खरै लगाएको एमआरपीलाई सबै व्यापारीले अनुमति लिएर काम गर्न अनुरोध गरेका थिए । उनले पूर्वी प्रवेशद्वार गेटमा नेपालमा स्वागत छ भन्ने बोर्ड लगाइदिन समेत संघलाई आग्रह गरेका थिए ।
यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रमेश रसाइली, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले केन्द्रदेखि नगर, जिल्लाका नवनिर्वाचित टिमले व्यापारीको हितमा काम गर्ने बताएका थिए ।
मेची उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष खेमराज प्रसाईले स्वीकारवक्ति मन्तव्य व्यक्त गरेका थिए । उनले बजारका सडक बत्ती, रात्रीकालिन व्यापार र काँकरभिट्टामा संघको शाखा राख्ने प्रतिवद्वता गरे ।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता पदम डाँगीले नवनिर्वाचित कार्यसमितिको नाम घोषणाा गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष एवम् मेची उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिनाले शपथ गराएका थिए ।

शपथ ग्रहण कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत अधिवक्ता अजय घिमिरे र संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले गरेका थिए ।
संघको गत वैशाख २६ गते सम्पन्न अधिवेशनले अध्यक्ष पदमा खेमराज प्रसाई, वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा हरि कोइराला, बाणिज्य उपाध्यक्षमा सन्तोष खवास, महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठ र महासचिवमा ध्रुब कनाल निर्वाचित भएका थिए ।
यसैगरी महिला सदस्य पदमा कृष्णकुमारी प्रसाईं (कल्पना) र चम्पा नेम्बाङ विजयी भएका थिए । यस्तै पुरूष सदस्य तर्फ दिनेश पोखरेल, सचिन निरौला, खिरोज बराल (फिरोज), जयकुमार श्राप (सुनार), अर्जुन तिवारी, आशिष संग्रौला, तारा श्रेष्ठ र राजेशकुमार बंशल विजयी भएका थिए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले अध्यक्षता गरेको कार्यक्रमको स्वागत निर्वमान बरिस्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर)ले गरेका थिए ।
सञ्चालन निवर्तमान महासचिव दिनेश शाक्य र नवनिर्वाचित महासचिव ध्रुब कनालले संयुक्त रूपमा गरेका थिए । धन्यवादसहित कार्यक्रमको समापन महिला उपाध्यक्ष उषा श्रेष्ठले गरेकी थिइन् ।



