भिडियो चौतारीहेड लाइन

लिपुलेकमा नेपालको अडान —‘लिपुलेक नेपालको हो ’भिडियो

नेपाल सरकारले लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे आफ्नो स्पष्ट र कडा अडान पुनः दोहोर्‍याएको छ। परराष्ट्र मन्त्रालयले १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको छ।

नेपालले भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट आफ्नो असहमति र सरोकार जानकारी गराइसकेको जनाएको छ। यसअघि पनि उक्त क्षेत्रमा सडक निर्माण, सीमा व्यापार तथा तीर्थाटनजस्ता गतिविधि नगर्न भारतलाई आग्रह गर्दै आएको मन्त्रालयले बताएको छ।

नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै ऐतिहासिक तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्या समाधान गर्न नेपाल प्रतिबद्ध रहेको पनि स्पष्ट पारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button