भिडियो चौतारीहेड लाइन

इरान–अमेरिका तनावः युद्ध कि वार्ता? निर्णय अब अमेरिकाको हातमा—भिडियो

अमेरिका र इरानबीचको सम्बन्ध फेरि संवेदनशील मोडमा पुगेको छ। तीन हप्तादेखि युद्धविराम कायम भए पनि स्थायी समाधान अझै टुंगोमा पुगेको छैन।

इरानले युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव पठाएपछि अमेरिकी राष्ट्रपति Donald Trump ले त्यसप्रति असन्तुष्टि जनाएका छन्। उनले प्रस्ताव स्वीकार्य नहुने संकेत गरेपछि परिस्थिति थप जटिल बनेको छ।

यता इरानका तर्फबाट ‘अब निर्णय अमेरिकाको हातमा रहेको’ स्पष्ट सन्देश आएको छ। वार्ताबाट समाधान खोज्ने कि फेरि टकरावतर्फ जाने भन्ने प्रश्न अहिले विश्वकै ध्यानको केन्द्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button