कृषि र किसान

बाजुरामा हाइटेक प्रविधिबाट आलु खेती

चैत्र २९, २०७७
शेरबहादुर सार्की
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेका अधिकांश किसान यती बेला हाइटेक प्रविधिबाट आलु खेती गर्न थालेका छन् ।
जिल्लाको बडिमालिका नगरपालिका ७ ढम्कनेका किसानले यो भन्दा पहिला परम्परागत रुपमा लगाउदैँ आएको तरिका भन्दा अहिले आधुनिक तरीकाको हाइटेक प्रविधिबाट आलु खेतीको सुरुवात गर्न थालेका हुन् ।
परमपरागत रुपमा आलु लगाउने तरकारी भन्दा अहिलेको आधुनिक तरकारीमा आलु खेती गर्दा गोडमेलमा निकै सहज हुने भएकोले ढम्कनेवासीले अहिले हाइटेक प्रविधिबाट आलु खेती गर्न थालेको बडिमालिका नगरपालिका ७ ढम्कनेका कृषक नरबहादुर रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ढम्कने बाजुराको सबै भन्दाबढी आलु उत्पाद हुने भनेर चिनिदै आएको छ । अहिले याहाँका झण्डै ११५ देखि १२० घरपरिवारहरुले हाइटेक प्रविधिबाट आलु खेती गरेका गर्दै आएका छन् ।
अन्नबाली भन्दा आलु खेतीबाट उनीहरुको जीविकोपार्जनमा निकै सहज देखिएपछि ढम्कनेवासी आलु खेती गर्न थालेको रोकायाले भन्नुभयो ।
गत वर्ष बाजुराको दुर्गम ठाउँ भानिदै आएको ढम्मकनेमा उत्पादन भएको अर्गानीक आलु देशका विभिन्न सहरमा पुगेपछि ११ लाख भन्दाबढी रुपियाँ कमाइ भएको कृषक रोकायाले भन्नुभयो,– “यहाँको आलु देशका विभिन्न ठाउँमा निकै चिरपरिचित भएपछि अहिले पनि कृषले हाइटेक प्रविधिबाट अर्गानिक पनि आलु उत्पादनमा निकै जोड दिदै आएका छन् ।”
गत वर्ष ढम्कनेको आलु बाहिर लिएर बिक्री गर्नु परेको थियो भने यती बेला गाउँमै आलुको अडर आउने गरेको कृषक नरबहादुर रोकाया भनाइ छ ।
उहाँले भन्नुभयो, “गत वर्ष ११ लाखको आलु बिक्री भएको थियो । भने यो हाइटेक प्रविधिमा आलु खेती गरेका छौ । गत वर्षको तुलनामा यो यो अघिल्लो भन्दाबढीको आलु उत्पादन हुने आशमा छौ”
जिल्लाको अन्य ठाउँ भन्दा ढम्कनेमा आलु उत्पादन क्षेत्रमा निकै उर्भरा जमिन भएकोले विभिन्न सस्थाहरुले पनि यसमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
कृषक दलबहादुर रोकायाले भन्नुभयो, आलु उत्पादनका लागि ढम्कने निकै राम्रो ठाउँ भएकोले अबका दिनमा यस क्षेत्रलाई आलुमय बनाउने योजना बुनेका छौ ।
परम्परा देखि लगाउँदै आएका अन्नबाली छोडेर सबैले आलु खेती गर्ने योजना बुनेका छौ, कृषक रोकायाले भन्नुभयो,यसका लागि कृषिको क्षेत्रमा जिल्लामा काम गर्ने विभिन्न निकायलाई सहयोगको अपेक्षा पनि गरेका छौ ।
पहिला याहाँकै लोकल आलु लगाउँदै आएका ढम्कनेका किसान अहिले हाइटेक प्रविधिबाट कार्डिनल र डेजिरे नयाँ जातको आलु लागउन थालेका छन् ।
बाजुराको बडिमालिका, बूढीनन्दा , बूढीगङ्गा ,त्रिवेणी , हिमाली ,जगनाथ स्वामिकार्तिक, खप्तड छेडेदह ,गौमुल लगायतका विभिन्न ठाउँमा एक हजार ९२५ हेक्टर जमिनमा झण्डै बीस हजार ४७० मेट्रिटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द्र सिजापतीले बताउनुभयो ।गोरखापत्र अनलाइन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button