खबर

भाजपा कार्यकर्तालाई कुटपीट गर्नको साथै घरहरू तोड़फोड़ गरेको आरोप, तृणमूल-द्वारा अस्वीकार

मे 3, 2021

सिलगढी : पश्चिम बंगालमा तृणमूल कङ्ग्रेसले विपुल मत हासिल गरेर सत्तामा आए तापनि उत्तर बंगालको सिलगढी सहर लगायत यसको छेउछाउको विधानसभा आसनमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरूले पराजितको सामना गर्नपर्यो। यसै क्रममा डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका तृणमूल प्रार्थी पूर्व पर्यटन मन्त्री गौतम देव चुनाउमा पराजित भएपछि तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले सहरको विभिन्न ठाउँहरूमा हिंसा फैलाइरहेको आरोप उठेको छ। सिलगढी नगरनिगम अन्तर्गत पर्ने 44 नम्बर वार्डको दशरथपल्लीमा धेरैवटा घरहरूमा तोड़फोड़ गर्नको साथै भाजपा अञ्चल अध्यक्ष विश्वजीत पोद्दारको घर तथा वाहन तोड़फोड़ गरेको तृणमूलविरुद्ध आरोप रहेको छ।

यसको साथै भाजपा कार्यकर्ता चिन्मय शर्मालाई समेत तृणमूल समर्थकहरूले कुटपीट गरेको आरोप रहेको छ। चिन्मय शर्मा घाइते भएपछि हाल अस्पतालमा उपचाराधीन अवस्थामा छन्। स्थानीय भाजपा युवा मोर्चाका सदस्य पिन्टु दासले लगाएको आरोप अनुसार चुनाउमा हार-जीत हुने गर्दछ तर पराजित भएपछि तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू बौलाह झैँ उग्र बनेका छन्। यसैले गर्दा स्थानीय मानिसहरूमा आतङ्कको माहौल देखापरेको छ। तृणमूल कार्यकर्ताहरूले पुलिसको अघि नै घर तथा वाहन तोड़फोड़ गरेको तिनले आरोप लगाएका छन्। अर्कोतिर, तृणमूल कङ्ग्रेसले सबै आरोपहरू झुटो रहेको दावी गरेको छ। यस सम्बन्धमा तृणमूल दार्जिलिङ जिल्ला सभापति रञ्जन सरकारले बारम्बार सबै कुरोमा तृणमूल कङ्ग्रेसलाई मात्र दोष्याउनु सही नरहेको बताउँदै पुलिस प्रशासनले जिम्मेवारीको साथमा आफ्नो काम गरिरहेको जनाए। मतदान अवधिमा समेत कुनै प्रकारको समस्या नभएको साथै यसपछि पनि अब कुनै समस्या नहुने तिनले दावी गरे।राजगञ्जका तृणमूल नेता तथा कार्यकर्ताहरूद्वारा खगेश्वर रायलाई मन्त्री पद दिनुपर्ने माग


मे 3, 2021

राजगञ्ज : विधानसभा चुनाउमा चौथोपल्ट विजयी बनेका राजगञ्ज विधानसभा केन्द्रका तृणमूल प्रार्थी खगेश्वर रायलाई मन्त्री पद दिनुपर्ने राजगञ्ज ब्लकका तृणमूल नेता तथा कार्यकर्ताहरूले माग गरेका छन्। आज बिहानैदेखि पार्टीका नेता तथा कार्यकर्ताहरू खगेश्वर रायको घरमा पुगेर तिनलाई जीतको बधाई दिँदै सम्वर्द्धना जनाए। यसको साथै तिनीहरूले खगेश्वर रायलाई मन्त्री मन्त्री पद दिनुपर्ने माग पनि गरे। तृणमूल नेता मोकसेद आलम र निताई करले बताएअनुसार राजगञ्ज क्षेत्रमा खगेश्वर रायले गरेको विविध विकासमूलक कार्यले गर्दा उक्त क्षेत्रका मानिसहरूले तिनको समर्थनमा मतदान गरेर पुनः चौथोपल्ट विजयी बनाएको हो।

यसैले गर्दा खगेश्वर रायलाई विभागीय मन्त्रीको पद दिनुपर्ने आफूहरूले माग गरेको हो। यस अवसरमा खगेश्वर रायले बताएअनुसार मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा उक्त क्षेत्रमा भएको विविध विकासमूलक कार्यहरूबाट खुसी भएर नै मानिसहरूले आफूलाई मतदान गरेर विजयी बनाएको हो। तथापि, कसलाई मन्त्री चयन गरिनेछ भन्ने बारेमा पार्टीका नेत्री ममता ब्यानर्जीले नै तय गर्नेछिन् भनी तिनले बताए।
पार्टीको पराजयलाई शिक्षाको रूपमा लिएर भविष्यमा जातिको निम्ति अघि बढ्नेछु : बिमल गुरूङ


मे 3, 2021

दार्जिलिङ : बङ्गाल विधानसभाको चुनाउ परिणाम आएपछि गोजमुमो अध्यक्ष बिमल गुरूङले एउटा विज्ञप्ति जारी गरेर दार्जिलिङ पहाड़, तराई-डुवर्समा भएको चुनाउ परिणामलाई आफूहरूले सहृदय स्वीकार गर्ने बताएका छन्। तिनले विज्ञप्तिमा अझ भनेका छन्, यो पराजयलाई नै भोलि गोर्खा जातिको भविष्य निर्माणको निम्ति एउटा शिक्षाको रूपमा लिएर अघि बढ्ने भरमग्दुर प्रयास गर्नेछौं। तिनले आफ्ना पार्टीका उम्मेद्वारहरूलाई चुनाउमा मतदान दिएकोमा विशेष धन्यवाद दिएका छन्।

जीवन एउटा चुनौती हो र जीवनको हरेक चुनौतीलाई सामना गरेर अघि बढ्नु हामी मानव जातिको धर्म हो। हामी दार्जिलिङ पहाड़ तराई डुवर्समा रहेका प्रत्येक वर्गका मानिसहरूलाई समेटेर जीवनको चुनौतीसँग जुझ्दै अघि बढ्नेछौं। जीतको खुशीयालीमा मनोरञ्जन गर्दा गर्दै जाति हारेको अनुभव गर्न नपरोस् भन्ने सम्पूर्ण जन साधारणलाई सन्देश दिन चाहन्छु भन्दै तिनले जारी गरेको विज्ञप्तिमा जनाएका छन्।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button