
२० बैशाख २०७८
न्युज अफ नेपाल, काठमाडौँ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका प्रदेश प्रमुख सर्मीला कुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
पन्त र शेरचन नेकपा माओवादी कोटाबाट प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्



