‘समाचार र विचारको
साझा चौतारी’






चुनाउ परिणामपछि बङ्गालमा हिंसा, भाजपा अध्यक्ष जेपी नड्डा बङ्गाल आउने


चुनाउ परिणामपछि बङ्गालमा हिंसा, भाजपा अध्यक्ष जेपी नड्डा बङ्गाल आउने
मे 4, 2021

सिलगढी: बङ्गालमा विधानसभा चुनाउको परिणामपछि राज्यका धेरै ठाउँहरूमा हिंसा भएको खबरहरू प्राप्त भइरहेको छ। राज्यका भाजपा अध्यक्ष दिलीप घोषले दावी गरेअनुसार हालसम्म राज्यभरिमा 11 जना भाजपा कार्यकर्ताको हत्या भइसकेको छ। यसको साथै 6 सय कार्यकर्ताहरूको घर तोड़फोड़ हुनको साथै लगभग 1 सय दोकान लुटपाट भइसकेको बताइएको छ। तथापि, हिंसाबारे पुलिसले आधिकारिक रूपमा पुष्टि गरेको छैन। बङ्गाल हिंसालाई नै ध्यानमा राखेर यहाँको स्थिति बुझ्नको लागि भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा दुई दिने बङ्गाल भ्रमणमा आउने भएको पार्टी सूत्रमार्फत् थाहा लागेको छ। भाजपाले बङ्गालमा भएको हिंसामाथि प्रतिवाद जनाउन राष्ट्रिय स्तरमा धरनाको आयोजना गरिने तथापि, उक्त धरनामा कोभिडको नियमलाई ख्याल राखिने छ भनी बताइएको छ। जानकारीअनुसार बङ्गाल हिंसामाथि केन्द्रले राज्य सरकारसँग विस्तृत रिपोर्ट समेत मागेको छ। अर्कोतिर, तेस्रोपल्ट लगातार बङ्गालमा फर्किआएको तृणमूल कङ्ग्रेसका नेत्री ममता ब्यानर्जीले राज्यमा शान्ति शृङ्खला बनाइराख्ने सबैसित अपील गरेकी छन्। तिनले भाजपाले बङ्गालमा हिंसा अनि हत्या भइरहेको बारे लगाएको आरोपलाई अस्वीकार गर्दै बङ्गाल बाहिर भएको हिंसाको फोटो तथा भीडियोहरू सार्वजनिक गरेर भाजपाले जनतामा भ्रम फैलाउने काम गरिरहेको उल्टो आरोप लगाएको छ।
अलिपुरद्वारमा चट्याङले मर्‍यो वयस्क हात्ती


मे 4, 2021

अलिपुरद्वार : अलिपुरद्वारको जलदापाडा राष्ट्रिय उद्यान नजिक खाउचाँदपाडा इलाकामा परेको अधिक वर्षासँगै चट्याङले एउटा जङ्गली वयस्क हात्ती मर्यो। प्राप्त जानकारी अनुसार हिजो अबेर राति उक्त इलाकाको खेतमा मकै खान आएको समय वनकर्मीहरूले त्यहाँ जङ्गलतर्फ लखेट्ने क्रममा स्थानीय प्राथमिक स्कुल मैदानमा पुगेपछि अचानक चट्याङले हात्ती घटनास्थलमै मरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार पोस्टमार्टमको लागि मरेको हात्तीलाई जङ्गलमा लगिएको छ भने त्यसपछि त्यसलाई त्यहीँ दफन गरिने भएको छ।
अस्थायी सुरक्षा कर्मीहरूको बकाया वेतन दिनुपर्ने मागमा रेलवे अधिकारीलाई ज्ञापन


मे 4, 2021

सिलगढी : एनजेपीमा रेलवे विद्युतीकरण विभागमा कार्यरत 7 जना सुरक्षा कर्मीहरूको बकाया वेतनको माग गर्दै आईएनटीटीयुसी एनजेपी शाखाका सदस्यहरूले आज रेलवे अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। प्राप्त जानकारीअनुसार रेलवे विद्युतीकरण विभागमा 7 जना सुरक्षाकर्मीहरूले अस्थायी कर्मचारीको रूपमा काम गर्दै आइरहेका छन्। रेलवेका ठेकेदारहरूको माध्यमद्वारा तिनीहरूलाई अस्थायी सुरक्षा कर्मचारीको रूपमा कार्यमा नियुक्त गरिएको थियो। गत जनवरी महिनादेखि ती 7 जना सुरक्षा कर्मचारीहरूले कार्य गर्दै आइरहे तापनि हालसम्म तिनीहरूले वेतन पाएका छैनन्। वेतन नपाएकोले गर्दा कोरोना परिस्थितिमा तिनीहरू आर्थिक सङ्कट भोग्दै आइरहेका छन्। यसैले गर्दा आज आईएनटीटीयुसी एनजेपी शाखाको तर्फबाट रेलवे विभागको वैद्युतीकरण कार्यालय अघि विक्षोभ प्रदर्शन गरियो। यस विषयमा रेलवे विभागले चाँडै हस्तक्षेप गरिनुपर्ने तिनीहरूले माग गर्दै यदि समस्याको समाधान नभएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने संगठनका संयोजक सुजय सरकारले चेताउनी दिएका छन्।

बिमल गुरूङले कोरोनाबारे सचेतना गर्दै मानिसहरूलाई मास्क, सेनिटाइजर वितरण
मे 4, 2021

दार्जिलिङ : हालै बङ्गाल विधानसभा चुनाउको परिणाममा गोजमुमो विनय खेमाले पहाडको तीनवटा आसन लगायत तराई डुवर्स तथा उत्तर बंगालमा राम्रो परिणाम ल्याउन नसकेपछि पार्टी अध्यक्ष बिमल गुरूङले पराजयलाई नै गोर्खा जातिको भविष्य निर्माणको निम्ति शिक्षाको रूपमा लिएर अघि बढ्ने घोषणा गरेको ठीक एकदिन पछि आजदेखि तिनी गोर्खाहरूको सामाजिक कार्यमा लागिपरेको देखियो।

राज्यको विभिन्न ठाउँहरूमा झैँ यता दार्जिलिङ पहाडमा पनि दिनहुँ कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको कुरालाई ध्यानमा राखेर आज बिमल गुरूङले आफ्नो क्षेत्र दार्जिलिङको सिंहमारी तथा रोपवेको प्रत्येक दोकान-दोकानमा गएर मानिसहरूलाई कोरोना भाइरसबारे सचेत गराउँदै मास्क, सेनिटाइजर वितरण गरे। यसको साथै सिंहमारी क्षेत्रको कतिपय ठाउँहरूमा पार्टीको कार्यकर्ताहरूको सहयोगमा सेनिटाइज पनि गरे। अर्कोतिर, सिंहमारीस्थित ट्याक्सी स्ट्यान्डमा आवत-जावत गर्ने गाडीहरूलाई पनि सेनिटाइज गरियो।siliguritimes/from,india

प्रतिकृया दिनुहोस्