मूल खबर

काठमाडौं उपत्यकाको निषेधाज्ञा थपियो, साँझ पसल खोल्न नपाइने

काठमाडौं । काठमाडौं निषेधाज्ञाको अवधि थप गरिएको छ। ३ वटै जिल्लाका सिडिओहरुको बैठकले बैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

यसअघि २ दिन अघि मात्र मन्त्रिपरिषदको बैठकले २ हप्ता निषेधाज्ञा थप गर्न प्रशाशनलाई निर्देशन दिएको थियो।

यसको साथै आजको बैठकले उपत्यकामा बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ।

साँझ पसल खोल्न नपाईने भएको छ।

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो।

सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोली राति १२ बजे सकिदैछ। अब हुने निषेधाज्ञा थप कडा हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button