
मे 10, 2021
सिलगढी: इम्युनिटी बुस्टरको नामले चिनिने ड्रेगन फ्रुट कोरोना संक्रमणको समय रामवाण प्रमाणित हुन सक्ने लख काटिएको छ। मानिसहरूले यो फल बजारमा कहिले आउने भन्दै पर्खीरहेकोले सम्भवत 15 मई पछि मात्र यो ड्रेगन फ्रुट बजारमा उपलब्ध रहने बताइएको छ। बङ्गालको कोलकाता अनि सिलगढीसहित अन्य ठूला शहरहरूमा पनि हाल यस फलको माग लगातार बढ़िरहेको छ। वैज्ञानिकहरू अनुसार ड्रेगन फ्रुटको उत्पादन प्रति हेक्टर पाँचदेखि लिएर सात टनसम्म हुन सक्नेछ। सामान्य रुपमा एउटा ड्रेगन फ्रुटमा 60 क्यालोरी ऊर्जा हुँदछ। यसमा भिटामिन सी अनि जिंक अधिक मात्रामा पाउनको साथै भिटामिन सहित आयरन, क्याल्सियम अनि फस्फोरस पनि प्रचुर मात्रामा पाइन्छ। भिटामिन सी प्रचुर मात्रामा पाइने हुनाले कोरेाना महामारीमा यसको प्रयोगले शरीरमा रोग प्रतिरोधक क्षमता बढ़नको साथै मानिसहरूले स्वस्थ जीवन व्यतीत गर्न सक्नेछन्।
क्वीन अफ नाइट्स-को नामले पनि चिनिने ड्रेगन फ्रुट हृद्य रोग, डायबिटीज, क्यान्सर साथै मोटापालाई नियन्त्रण गर्नमा पनि सहायक हुँदछ। सन् 2014 मा सीमावर्ती बिहार किशनगञ्ज जिल्लाको ठाकुरगञ्जमा 10 एकर जमीनमा यसको खेती शुरू गरिएको थियो। हाल 12 एकर जमीनमा ड्रेगन फ्रुटको खेती गरिँदैछ। ड्रेगन फ्रुटको एउटा पौधाले 25 वर्षसम्म फल दिन सक्षम हुन्छ। यस फलको खेती गर्नको लागि पिलर लगाउनु पर्दछ। वैज्ञानिक डा. हेमन्त कुमारले बताए अनुसार मार्च महिनामा फूल फुलेपछि 35 दिन अवधिमा फल पाकेर खान तयार हुँदछ। लगातार छ: देखि सात महिनासम्म यसले फल दिँदछ। ड्रेगन फ्रुट इम्युनिटी सिस्टमलाई मजबुत बनाइ राख्नको साथै यसले कोरोना संक्रमणबाट बाँच्न निक्कै लाभकारी मानिन्छ। यसवाहेक, महिलाहरूको ब्रेस्ट क्यान्सर, पेटको समस्या, ओजन घटाउन आदिमा पनि यो ड्रेगन फ्रुट खुबै फाइदाजनक मानिन्छ।
खरसाङ बजारमा पानी पर्नसाथ नालाहरूमा मैला जम्ने गरेकोले मानिसहरूलाई निक्कै समस्या

मे 10, 2021
खरसाङ : खरसाङ बजारमा अहिले पानी परेको समय नालाहरूमा मैला जमेर निक्कै समस्या देखिन थालेको छ। आज पनि खरसाङ बजारको नालाहरूमा मैला कुचेलाहरू जमा भएर धेरै समस्या देखियो। विशेष गरेर पानी पर्न साथ खरसाङ बजार अन्तर्गत एनएच 55 को हिल कार्ट रोडस्थित हनुतराम नजिकमा रहेको नालीमा मैलाहरू थुप्रेर मैला पानी सडकभरि बग्न थालेकोले मानिसहरूलाई सड़क पार गर्न धेरै असुविधा परेको देखियो। यस विषयमा स्थानीय एकजना महिलाले कुराकानी गर्दै पानी पर्नसाथ नाली ब्लक हुन्छ, कसैले सफा पनि गरिदिएको छैन, नालीमा मैला निस्केर गनाउँछ, जसले गर्दा धेरै असुविधा हुने गर्दछ। यस विषयमा खरसाङ नगरपालिकाको नगर पार्षद श्याम शेर्पासित जान्न चाँहदा तिनले बजारमा मानिसहरूले मैला कुचैला सठीक ठाउँमा नफ्याँकेर जताभावी फ्याँक्ने गरेको कारणले पानी पर्दा सबै ती मैला बगाएर जताभावी लान्छ भनी बताउँदै तिनले जनतालाई मैलाहरू जताभावी नफ्याँकेर कुडादानीमा फ्लयाँकिदिने अपील गर्दै जहाँबाट नगरपालिकाले उठाउने गर्छ भनी बताएका छन् । नगरपार्षद श्याम शेर्पाले आफ्नो स्पष्टीकरणमा हनुतराम क्षेत्रमा ब्लक भएको नाली सफा गर्ने व्यवस्था हामीले गरिरहेका छौं र चाँडै खोलिने पनि आश्वासन दिएका छन् ।
तीनधारे-महानदी समष्टिको जोगमाया चियाबारीमा सेनिटाइज

मे 10, 2021
खरसाङ : तीनधारे-महानदी समष्टि अन्तर्गत पर्ने जोगमाया चियाबारीमा विनयपन्थी गोजमुमोद्वारा सेनिटाइज गरियो। गोजमुमो जोगमाया बुथको सभापति जीवन थापाको अगुवाईमा जोगमाया चियाबारीको गाउँहरूमा कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर सेनिटाइज गरिएको बताइएको छ। यसको साथै गाउँ-घरका मानिसहरूलाई कोरोनाबारे जागरूक गरियो। बुथ सभाति जीवन थापाले जोगमाया चियाबारीका मानिसहरूलाई कोरोना भाइरसको संक्रमणबाट बाँच्नलाई सचेत र सुरक्षित रहने आह्वान गर्दै अनिवार्य रूपमा मास्क लगाउने, सामाजिक दूरीको नियमलाई पालन गर्ने, सेनिटाइजरको प्रयोग गर्ने सबैसित अपील पनि गरे।
पुलिस कमिश्नर डीपी सिंहको नाममा नयाँ फेक एकाउन्ट, साइबर टोलीद्वारा जाँच शुरू

मे 10, 2021
सिलगढी : सिलगढीमा एकजना आईपीएस अधिकारीको नाममा सोशल मीडियामा फेक एकाउन्ट बनाएको मामिला प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर डीपी सिंहको नाममा सोशल मीडियामा एउटा फेक एकाउन्ट बनाएको छ। सम्भवत मानिसहरूलाई ठग्ने मनशाय लिएर उक्त एकाउन्ट बनाएको हुनसक्ने बताइएको छ। तथापि, डीपी सिंहले समयमै यसबारे जानकारी पाएपछि आफ्ना सबै चिनाजानाहरूलाई सर्तक गराएका छन्। तिनले सोशल मीडियामा बताएअनुसार कसैले आफ्नो नाममा फेक एकाउन्ट खोलेको छ। यसैले यदि त्यो एकाउन्टबाट पैसा मागेको खण्डमा त्यसलाई ध्यान नदिने बताएका छन्। तिनले उक्त फेक एकाउन्ट खोल्ने व्यक्तिविरुद्ध कानुनी कार्वाही गर्ने बताउँदै उक्त मामिला हाई प्रोफाइलको रहेकोले गर्दा साइबर टीमले मामिलाको जाँच शुरू गरिसकेको तिनले जनाए। स्मरण रहोस्, पुलिस अधिकारीको नाममा सोशल मीडियामा फेक एकाउन्ट बनाएर रुपियाँ ठग्ने गरेको यो मामिला नयाँ होइन। यसभन्दा अघि पनि ईस्ट जोनका एसीपी स्वपन सरकारको नाममा फेक एकाउन्ट बनाएर तिनका चिनाजानाहरूलाई पैसाको माग गरिएको थियो।
महानन्दा नदी किनारमा श्मशान घाट निर्माण गरिने भएकोले गौतम देवद्वारा इलाकाको निरीक्षण

मे 10, 2021
सिलगढी : सिलगढी नगरनिगमले यहाँको स्टेट गेस्ट हाउस संलग्न महानन्दा नदी नजिक एउटा श्मशान घाट निर्माण गर्ने परियोजना बनाएको छ। आज सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव लगायत रञ्जन सरकार, अलोक चक्रवर्ती एवम् सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटियाले उक्त क्षेत्रको निरीक्षण गरे। यस अवसरमा गौतम देवले बताएअनुसार हाल साहुडाङ्गीको श्मशान घाटमा कोरोना संक्रमितहरूको दाह संस्कार गरिने भएकोले त्यहाँ निक्कै चाप सृष्टि भएको छ। यसैले महानन्दा नदी नजिक एउटा श्मशान घाट निर्माण गर्ने परियोजना रहेकोले आज यसको निरीक्षण गरिएको हो। सिलगढी सहरमा केवल किरणचन्द्र श्मशान घाट मात्र रहेकोले यहाँ अझै दुईवटा श्मशान घाटको आवश्यकता रहेको छ। अर्कोतिर, एउटै मात्र रहेको किरणचन्द्र श्मशान घाटमा मृतदेह जलाउनको लागि पनि केही असामाजिक व्यक्तिहरूले समस्या उत्पन्न गरिरहेकोले त्यसको समाधान गरिने तिनले बताए।siliguritimes/from,india



