
३० बैशाख २०७८
चौतारी पोष्ट अनलाइन
काठमाडौं ।
कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार संक्रमणमुक्त भएर घर फर्किएका छन् । बुधबार राति ८ बजे उनी नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
उनीसँगै अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख हेको अस्पतालले जनाएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि आमा कोमलसँगै उनी अस्पतालमा रहेको बुझिएको छ ।



