खेलकुद

शीर्षस्थानमा एट्लेटिकोको ४ अंकको अग्रता

वैशाख ३०, २०७८

एजेन्सी – शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा ४ अंकको अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

एट्लेटिकोको जितमा यान्निक कारास्को र एन्जल कोरेआले गोल गरे । रियल सोसिडाडका इगल जुविल्डियाले एक गोल फर्काए । खेलको १६औं मिनेटमा यान्निक कारास्कोको गोलबाट घरेलु टोली एट्लेटिकोले अग्रता लिएको थियो । उनले मार्काेस लोरेन्टेको पासमा गोल गरेका थिए।

२८औं मिनेटमा एन्जल कोरेआले लुइस सुआरेजको पासमा गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ३औं मिनेटमा इगर जुविल्डियाले गोल गदै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा एट्लेटिकोले महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

जितसँगै एट्लेटिकोको ३६ खेलबाट ८० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७५ तथा सेभियाको ७४ अंक छ । पराजित सोसिडाड ५६ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ ।

अन्य खेल
सेभियाविरुद्ध भ्योलन्सिया (१–०), सेल्टाविरुद्ध गेटाफे (१–०) र हुएस्काविरुद्ध एथलेटिको बिल्वाओ (१–०)hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button