मूल खबरस्वास्थ्य

झापाको मेचीनगरमा कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो

चौतारी पोष्ट अनलाइन
३१ बैशाख २०७८
काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका भित्र कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार मेचीनगरमा कोभिड १९ को दोस्रो लहर शुरु भएयता वैशाख ३१ गतेसम्म कोरोना संक्रमितको संख्या ३१५ पुगेको हो ।

पहिलो पटक वैशाख ५ गते एन्टिजेन विधिबाट ८ जनामा संक्रमण पुष्टी भएयता मेचीनगरमा वैशाख ३१ गतेसम्म पिसिआर विधिबाट २७८ र एन्टिजेन विधिबाट ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मेचीनगरमा एकै दिन सबैभन्दा धेरै आज वैशाख ३१ गते ३९ जना संक्रमित थपिएका छन । आज ३६ जना पिसिआर विधिबाट र ३ जना एन्टिजेन विधिबाट संक्रमित पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन जीवन चौम्लागाइले बताए ।

नेपालको पुर्वी सिमानाको शहर मेचीनगरमा पछिल्लो ४ दिनमा मात्रै ११६ जना संक्रमित थपिएका छन । नगरमा सक्रिय संक्रमितको संख्या ३०० छ । नगरमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ पुगेको मेचीनगर नगरपालिकाले जनाएको छ । नगरको वडा नंं ६ काकरभिट्टामा ५ र वडा नं। १० धुलाबारीमा २ गरी ७ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button