
२ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापामा निषेधाज्ञाको सकारात्मक प्रभाव देखिएको छ । तुलानात्मक रुपमा दोस्रो लहरको कोरोना नियन्त्रणका लागि लगाइएको दोस्रो पटकको निषेधाज्ञाको कडाईसँगै संक्रमितको संख्या समेत घटेको देखिन्छ ।
कोरोना संक्रमणको अवस्थालाई तुलना गर्दा निषेधाज्ञाको सकारात्मक असर देखिएको हो ।
झापामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण बढ्दै गएको झापामा निषेधाज्ञामा कडाई गरेसँगै संक्रमण दरमा समेत कमी आएको हो ।
स्वास्थ्य कार्यालयले दिएको जानकारीमा ३५ जनाले कोरोेना जित्दा ६१ जनामा संक्रमण देखिएको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार ३८ जनामा एन्टिजिन पोजेटिभ देखिएको छ ।
यसअघि शनिबार झापामा १७८ जनामा कोेरोना पुष्टि भएको थियो ।
झापामा थपिएका संक्रमितहरुमा दमकमा १९, हल्दिबारीमा १२, बिर्तामोड र कमलमा ७र७ जना रहेका छन् ।
यसै गरि मेचीनगर र भद्रपुरमा ४,४ जना, अर्जुनधारा र शिवसताक्षीमा ३,३ जना, कनकाई र कचनकबलमा १,१ जना रहेका छन् ।
झापामा दुई संक्रमितको निधन भएको छ । जसमा मेचीनगर, झापा र कमलका रहेका छन् ।नेपालको पूर्वीद्धार काँकरभिट्टामा निषधाज्ञालाई कडाई गरिएको छ । नागरिक स्वयम्ले निषेधाज्ञालाई पालन गरिरहेकाछन् भने स्थानिय प्रहरी प्रशासनले समेत थप तदारुकता देखाएको पाईन्छ।बजार क्षेत्र र आसपासका क्षेत्रमा समेत अहिले सकृय रुपमा प्रहरी परिचालन गरिएको छ ।



