खबर

स्वार्थी शासक र उनका मतियारको अपराधलाई जनताले क्षमा गर्ने छैनन् : पूर्वराजा ज्ञानेन्द्र शाह

८ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना महामारी सङ्कटका बेला असामयीक राजनैतिक जालझेल श्रृजना गरी जन दातित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिले माफी नदिने जनाएका छन् ।

स्वास्थ्य जस्ते गम्भीर समस्यालाइ थाती राखेर सरकार र राजनीतिक दलहरुले देशलाई दुर्घटना तर्फ धकेलेको उनले बताएका छन् ।

प्रतिनिधि सभा विघटन भएसँगै शनिबार सामाजिक सञ्जालमा ट्वीट गर्दै शाहले भनेका छन् ,’यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button