कला

शरणार्थी शिविरमा दीलिप र रमितले गरे राहत वितरण

फिल्मीखबर, काठमाडौं, 2021/05/22

नेपाली फिल्मका लोकप्रिय अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुंगानाले पूर्वी मोरङ जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई खाद्यन्न वितरण गरेका छन् । ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट राहत वितरण गरिएको हो । यो संस्था नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको हो ।

प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको फाउन्डेसनका नेपाल कार्यकारी निर्देशक दीलिप रायमाझीले जानकारी दिए । डिल्ली अधिकारीको नेतृत्वमा रहेको फाउन्डेसनले गत वर्ष पनि करीब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो । सो राहत वितरण गर्न पनि दीलिप रायमाझी शिविरमा पुगेका थिए ।

फाउन्डेसनले शिविरमा रहेका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई हरेक महिना अशक्त भत्ता दिने तयारी पनि गरेको छ । राहत वितरणको क्रममा भुटानी शरणार्थीले नेपाली नागरिकताको माग गरेका कारण चाँडै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको दीलिपले बताए । पुर्नवास नभएका शरणार्थीहरुले नेपाली नागरिकता पाउनु पर्ने उनको माग छ ।

त्यस्तै, अभिनेता रमित ढुंगानाले भुटानी शरणार्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित निकायमा आफूले आवाज उठाउने बताए । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी अमेरिकामा बसेर पनि समाजसेवामा सक्रिय छन् । अमेरिकामा अशक्त र वृद्धवृद्धाका लागि उनले डे केयर र होम केयर सेन्टर आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button