कृषि र किसान

सजिवन खेती प्रविधि : एक परिचय

कुल प्रसाद सुवेदी / सेवा निवृत कृषिकर्मी

युफरवियसी (Uforbeacea) परिवार अन्र्तगत पनि यो एक प्रकारको झाडीयुक्त -shrub_ विरुवा हो । यसको काण्डको बोक्रा चिल्लो खैरो तथा काटे पछि चोप आउने खालको हुन्छ । यो विरुवा ३–५ मिटर अग्लो हुन्छ तथापि मलिलो माटो भएको स्थानमा १० मिटर अग्लोसम्म भएको पाईन्छ । यसको पात चिल्लो चाक्लो हरियो ३–५ वटा खण्ड (लोव) भएको हुन्छ । जाडो मौसममा विरुवाको सबै पात झर्दछ र बोट पातविहिन हुन्छ । शिशिरको अन्त पछि विरुवामा नयाँ पातहरू पलाउन थाल्दछ साथै फुल पनि फुल्न सुरू गर्दछ ।

माटोमा उचित चिस्यान तथा उच्च तापक्रम भएको अवस्थामा एक वर्षमा नै धेरै बालीहरू लिन सकिन्छ । फलको रंग हरियोबाट पहेलो हुँदै कालो भएमा फल टिप्न तयार भएको मान्न सकिन्छ । भारतमा विकास गरिएका वर्णशंकर “कोइम्बटोर ६४१००३” को जात लगाएको ६ महिनामा फल्न सुरू गर्दछ र ४५ दिनमा बाली तयार हुन्छ ।

हावापानी : उपोष्ण वा समशितोष्ण जलवायु यसको खेतीको लागि उपयुक्त मानिन्छ । तथापि, तराईको उष्ण हावा पानीमा पनि यसको विरुवा राम्ररी हुर्कन बढ्न सक्छ ।

माटो : नेपालको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको तराई क्षेत्रमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । त्यस्तै गरी महाभारत पहाडको तल्लो कठार एंव भावर क्षेत्रमा पनि यसको खेती विस्तारको राम्रो सम्भावना देखिन्छ । पत्थरिलो एंव गे्रग्रानयुक्त हल्का हावादार माटो यसको खेतीको लागि उपयुक्त मानिन्छ । बाटो छेउछाउ बारको रूपमा, सामुदायिक वनसँगैको पाखा, पखेरा, गल्छी, नदी किनारमा यसको खेती गर्न सकिने हुदाँ विस्तारको सम्भावना अत्यन्तै बढेर गएको छ ।

खेती प्रविधि : यसको विरुवा रोप्नको लागि पंक्तिबाट पंक्तिको दुरी ३ मिटर र बोटबाट बोटको दुरी २ मिटर हुने गरी चिनो लगाउनु पर्दछ । त्यसमा ४५ * ४५से.मी. ( ४५ सेमी. चक्लाई र ४५ से.मी.गहिराई ) को खाडल बनाइ फलफूलको विरुवा रोपेजस्तै गरी यसको विरुवा रोप्नु पर्छ । यो प्रजातिका विरुवा कटिङ्ग विधिबाट सजिलै प्रशारण गर्न सकिन्छ । २–३ वटा बँड (आँकुरा) भएको ४–५ इन्च लामो पेन्सिल वा सोभन्दा केही मोटा टुक्राहरूलाई नर्सरीमा रोपेर समय समयमा पानी दिएमा २–३ महिनामा मुना पलाएर आउँछ ।

आषाढमा उक्त विरुवाहरू सार्न लायक हुन्छन् । विरुवा खासगरी माघ फागुनमा कटिङ्ग बनाई नर्सरीमा सार्नु उपयुक्त हुन्छ । प्रति रोपनी दुई सय ५० ग्राम बीउ तथा ८० — ८५ विरुवा आवश्यकता पर्दछ । विरुवा रोपेको २ महिनासम्म उचित चिस्यान आवश्यकता पर्दछ । समय—समयमा माटोको अवस्थाअनुसार सिचाइ गर्नुपर्दछ । बोट बढदै गए पछि सिंचाईको त्यति जरूरी पर्दैन ।

मलखाद्य व्यवस्थापन : कम मलिलो तथा पत्थरिलो भूमिमा यसको खेती गरिने हुँदा प्रांगारिक मलको व्यवस्था गर्न सकेमा राम्रो हुन्छ । ५ सय के.जी. प्रांगरिक मल ( प्रति बोट ५–७ के.जी.प्रांगारिक मल) प्रति रोपनी दिएमा फसल राम्रो हुन्छ । वर्षको २ पटकसम्म जीवाणु मलबोटको फेद–फेदमा दिन सकेमा विरुवा राम्रोसँग बढ्न गई फसल राम्रो हुने आशा गर्न सकिन्छ ।

उपयोग : यसको फलबाट ३८% अखाद्यजन्य तेल निस्कन्छ । यसको तेल मेसिनरी कल कारखाना तथा मोटर, टयाक्टर आदिमा (डिजेलसँग ४० प्रतिशत सम्म मिसाएर) प्रयोग गर्न सकिन्छ । यसको फलमा चिस्यान ६.२० %, प्रोटिन १८ %, तेल -fat_ ३८%, कार्वोहाइड्रेड १७%, फाईबर(रेशा) १५.५% तथा खरानी (Ash_ ५.३०%पाईन्छ । बाहिरी खोष्टा हटाएको दानाबाट ५०–६०% सम्म तेल निस्कन्छ । र, खनिज तेलको आयातलाई ४० % सम्म घटाउन सकिन्छ ।

१) ज्याट्रोफा विरुवाबाट निस्कने चोपमा एक प्रकारको अल्काल्वाईड (Alkaloids) पाईन्छ, त्यसलाई क्यान्सर विरूद्ध उपचारमा उपयोग गरिन्छ ।
२) यसको पातको चोप अल्काई वा पायल्समा बाहिरी भागमा दल्न प्रयोग गरिन्छ ।
३) यसको जरा सर्पले टोकेकोमा प्रयोग गरिन्छ ।
४) यसको बोक्राको झोल कालो निलो डाईको रूपमा प्रयोग गरिन्छ ।
५) संजिवनको पिना प्रारंगारिक मलको रूपमा प्रयोग गरिन्छ ।
६) Tusser silkworm को खानाको रूपमा यसको पातको प्रयोग गरिन्छ ।
७) यसको तेल साबुन उद्योग तथा मैनबत्ति उद्योगमा प्रयोग गरिन्छ।
८) यसको विरुवा बाली विरुवा संरक्षणको लागि बारको -hedge_ रूपमा उपयोग गरिन्छ ।
९) यसको विरुवा एकपटक लगाएपछि करिब ३०–४० वर्षसम्म उत्पादनमूलक रहन्छ र वातावरणलाई हरियाली बनाउनमा सहयोग पुग्दछ ।
१०) यसको पातबाट प्रारंगारिक मल बनाउन सकिन्छ । यसले भु–स्खलनलाई रोक्न समेत मद्यत गर्दछ ।
११) खेतीपाती गर्न नमिल्ने खालको पाखो कम उर्वर रूखो जमिनमा यसको खेती विस्तार गरी खेती योग्य जमिन नभएका परिवारलाई पनि स्वरोजगार बनाउन सकिन्छ ।
१२) जंगलनजिकको क्षेत्रमा यसको खेती विस्तार गरी जंगली जनावरबाट हुने नोक्सानीबाट जोगाउन सकिन्छ ।

रोग तथा किरा ः यस प्रजातिका विरुवामा रोग किरा कमै लाग्छन् ।

बाली कटानी : यो बहु–वर्षिय विरुवा भएको हुँदा ५० वर्षसम्म यसको आयु मानिन्छ । यसको विरुवा ३–४ मिटर अग्लो झाडीयुक्त हुन्छ । विरुवा सारेको दोस्रो वर्ष पछि फूल फूल्न सुरू गर्दछ । यसको फल गुच्छाको रूपमा लाग्दछ । फल कालो रङ्गको भए पछि टिप्नको लागि तयार भएको मानिन्छ । प्रत्येक हाँगामा झुप्पाको रूपमा ३–४ ओटा हरियो दाना लाग्दछ र फल छिप्पिदै जाँदा फलको रंग पहेँलो हुँदै जान्छ र तयार भए पछि कालो दानामा परिणत हुन्छ ।

काँट–छाँट : संजिवनका विरुवालाई माघ– फाल्गुणतिर काँट–छाँट गर्नुृ पर्दछ । माथि बढ्दै गएको हाँगाको टुप्पो काटी दिएमा त्यसै हाँगाबाट ३–४ ओटा शाखा हाँगाहरू पलाएर आउँछन् । यसरी टुप्पो काट्ने कार्य २ वर्षसम्म गर्नु पर्दछ । यसरी काँटछाँट गरेको बोटहरू झयांगिलो हुने गर्दछन् र फल पनि बढी लाग्दछ ।

उत्पादन तथा उपयोगिता : विरुवा लगाएको २ वर्षपछि प्रति रोपनी १.२५–२.५ क्विन्टल बीउ तथा ३०–६० लिटर तेल निस्कन्छ । प्रतिबोट ०.५– १.५ के.जी. सम्म उत्पादन लिन सकिन्छ । यदि विरुवा बार बन्देजको (जभमनभ) रूपमा लगाइएको छ । भने, प्रति मिटर विरुवाबाट ०.८ देखि १ केजी उत्पादन लिन सकिन्छ । यसरी हेर्दा देशभरका खाली जमिनमा यस विरुवालाई रोपेर वातावरण हरियाली प्रवद्र्धन गर्ने एउटा पाटो भयो, भने अर्को पाटो देशलाई आत्मनिर्भर गराउने तर्फ अहम भूमिका हुन सक्दछ । प्रति रोपनी ४० लिटर तेल उपलब्ध हुँदा एक लाख रोपनी ( ५ हजार हेक्टर ) क्षेत्रफलमा यसको विस्तार गर्न सकेमा वार्षिक (१००००० * ४०) ४० लाख लिटर प्राप्त गर्न सकिन्छ । डिजल प्रतिलिटर १०० को हिसाबले पनि ४० करोड आयातलाई घटाउन मद्यत मिल्दछ ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button