मूल खबर

सप्तकोशी नदीको बहाव तीन लाख क्युसेक नाघ्यो

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै । तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र, असोज १० गते । पहाडी क्षेत्रमा वर्षा भएसँगै सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज कन्ट्रोल रुमले शनिबार बिहान ६ बजे ३ लाख १६ हजार ७९५ क्युसेक पानीको बहाव मापन गरेको छ ।

पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

बुधबार बेलुकादेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै आएको हो । ब्यारेजमा पानीको बहाव अत्यधिक भएपछि ४३ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार चतरा–कोशी पुल क्षेत्रमा शनिबार बिहान ६ बजे २ लाख ४३ हजार ७ क्युसेक पानीको बहाव मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीमा पानीको बहाव अझ बढ्न सक्ने बताइएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button