
मुक्तक
देशले किन ऋण बोक्यो ,लौ तिमीले महल बनाएर
छि घृणा ,गर्छु लाज हरायो ,अब राजनिती गनाएर
पिडामा छन धेरै नेपाली, जनता तै चुप मै चुपमा
बन्द कोठा भित्र ,तिमीहरुकै, श्रदान्जली मनाएर।।
मुक्तक
खोइ न्याय असङ्ख्य, निर्मलाहरु रुँदै छन यहाँ
दास ढुङ्गा हरायो कि, छ कतै त्रिशुली बिच महाँ
सत्ताकै लुछाचुडिँ अनेक, बहाना बाजिमै कति
शुन्य मै हराए शहिदहरु बान्त्वा र रत्न जहाँ।

