
१० जेष्ठ २०७८
नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गरेको छ । नेपाल पक्षका युवा नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) निर्वाचन आयोगमा दर्ता गरेको हो ।
विद्यार्थी राजनितिबाट मुल राजनितिमा प्रवेश गरेका राई माधव नेपाल पक्षका विश्वासिला व्यक्ति मध्ये एक हुन् । शुक्रबारनै पार्टी (दल) दर्ता भए पनि प्रमाणपत्र पाउन बाँकी रहेको राईले बताए ।
निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद, खुला सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् । पछिल्लो समय नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विच खटपट भए पछि पार्टीमा खैलाबैला शुरु भएको थियो ।
दुई कित्तामा शुरु भएको राजनितिले पछिल्लो समय आन्तरिक द्दन्द्द सिर्जना हुँदा एमालेलाई ठुलो क्षति समेत पुगेको थियो । अव भने नेपाल पक्ष एमालेबाट विभाजित भएको पुष्टी भएको छ ।Ratopati News/from



