खबर

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्रीसहित महन्थ ठाकुर पक्ष सरकारमा जाने, शपथको तयारी

१० जेष्ठ २०७८

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी गरेका हुन्।

‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका छौं। त्यसमा प्रधानमन्त्रीले सहमति जनाइसक्नु भएको छैन। छलफल जारी भएकाले मन्त्रालय र मन्त्रीको दुबै पक्षबाट टुंगो लगाए तत्काल शपथ हुन्छ’ महन्थ–राजेन्द्रपक्षका एक सांसदले भने,‘मन्त्री र मन्त्रालको टुंगो लगाए बिहीबार वा शुक्रबारसम्म शपथ हुन सक्छ।’ तर,राजनीतिक घटनाक्रम छिटोछिटो विकसित भएकाले सोमबार बेलुकासमेत शपथ हुन सक्ने अर्का एक सांसदले बताए।

ओली सरकारलाई सहयोग गर्दै आएको ठाकुर पक्ष नागरिकता विधेयक जारी, संविधान संसोधनका लागि कार्यदल बनेपछि सरकारमा जान तयार भएको बताइएको छ ।

अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने ओली सरकारमा सहभागि हुनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइसकेको छ । आइतबार बसेको उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले त्यस्तो निर्णय गरेको हो ।RatopatiNews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button