सृजनाको चौतारी

देख्छु

गजल

ढेडुले सुन्दरी फकाएको देख्छु
बिनाकाम भत्ता पकाएको देख्छु ।

रित्तो पारि सके झाडी झ्याङहरू
अब फाडदै शत्रु सकाएको देख्छु ।

खाउ लड्डु भन्दै थाल भरि राखि
खान खोज्दा फेरि छकाएको देख्छु ।

उता अरू ढेडु घरि पछि लाग्ने
थकित भएर झकाएको देख्छु ।

निन्द्रा होकि तन्द्रा कति सारो धारा
धारा खोलीखोली बकाएको देख्छु ।

जति उफ्रे पनि देखाउदै लट्ठी
आफ्नै अनुकूल भकाएको देख्छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button