खबर

पत्रकार महासंघ पाँचथर उपाध्यक्ष एकराजको निधन

जेठ १६, २०७८

फिदिम । नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि भण्डारीलाई उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको थियो । बैशाख ३१ गते अस्पताल भर्ना भएका भण्डारीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

स्वासप्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भण्डारीको शनिबार दिउँसो ४ः३० बजे निधन भएको हो ।

भण्डारीको शवलाई शनिबार राती फिदिम ४ स्थित कोशी किनारमा नेपाली सेनाको रणशेर गणको टोलीले अन्त्यष्टि गरेको छ ।

पाँचथरको हिलिहाङ गाँउपालिका ५ सुभाङमा बि.सं. २०२७ सालमा जन्मिएका भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी छन् । सदरमुकाम फिदिमलाई कर्मक्षेत्र बनाएका भण्डारी डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल थिए ।

ट्रेड युनियन कांग्रेस पाँचथरका कार्यबाहक अध्यक्षसमेत रहेका भण्डारी साहित्यमा समेत दखल राख्थे ।

नेपाल प्रेस युनियन पाँचथरका केन्द्रीय प्रतिनिधिसमेत रहेका उनी फिदिम स्थित कञ्चनजंघा एकेडेमिमा प्राध्यापनरत थिए ।

जोरपाटी डटकमबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button