खबर

काँकरभिट्टाका कोरोना संक्रमित पुरुषको मेची अस्पतालमा निधन,मेचीनगरमा कोरोना संक्रमण पछि निधन हुनेको संख्या १७ पुग्यो

१६ जेठ २०७८
चौतारी पोष्ट अनलाइन

काँकरभिट्टा । मेचीनगर‐६ काँकरभिट्टाका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ ।

दुई हप्ताअघि उनलाई स्वास्थ्यमा समस्या आएपछि जेठ ९ गते एन्टिजिन परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको थियो । ।

मेचीनगरका ६ का वडा अध्यक्ष ललित तामाङका अनुसार प्रारम्भीक परीक्षणकै क्रममा अक्सिजन लेभल कम देखिपछि सोही दिनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

सुरुमा धाइजन आइसोलेसन सेन्टर लगिएकोमा थप उपचार आवश्यक भएपछि उनलाई मेची अञ्चल अस्पताल भद्रपुर भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आइतबार विहान ५ बजे उनको निधन भएको वडा अध्यक्ष तामाङले बताए ।

काँकरभिट्टास्थित भट्टराई चौकमा पान पसल गर्ने ६५ बर्षीय उनी श्रीमतीको साथमा डेरामा बस्दै आएका थिए ।

योसँगै मेचीनगरमा कोरोना संक्रमण पछि निधन हुनेको संख्या १७ पुगेको छ । जसमध्ये वडा नम्बर ६ का मात्र ७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button