
गजल
तिमी आगो हुदा म पानी बनौला
सधै तिम्रो मात्र म रानी बनौला ।
तिम्रा रहर सबै पुरा गरेर
मदहोस सम्हाल्ने ज्ञानी बनौला ।
कति खोज्छौ चोखो मायाप्रीत तिमी
चाहिए जति दिने खानी बनौला ।
दुःख सुखका सबै पलहरूमा
एकै साथ रहने बानी बनौला ।
तिम्रो घर सजाइ तिम्रै साथमा
तिम्रो दिलमा खेल्ने नानी बनौला ।


