
१८ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका जनप्रतिनिधि तथा यहाँका कृयाशिल दलका प्रतिनिधिले आज खोलाको स्थलगत अनुगमन गरेकाछन् । राप्रपा झापाका नेता सुशील आचार्यका अनुसार मेचीनगरनगरपालिका क्षेत्रमा रहेका मेची, टिमाई, निन्दा र हडिया खोलाको स्थलगत अनुगमन गरिएको छ । अनुगमनमा मेचीनगरपालिका प्रमुख बिमल आचार्य , उप प्रमुख मिना पोखरेल(उप्रेती, जिसस झापाका उप उप प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा प्राविधिकको टोलीले अनुगमन गरेको आचार्यले बताए ।





