
२० जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । कोरोना नियन्त्रणका लागि झापामा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि थप गरिएको छ ।
पछिल्लो पटक जेठ १४ गतेदेखि २१ गतेसम्म जारी निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको हो ।
जिल्लामा बिहीबार बसेको डिसीसीएमसीको बैठकले जारी पूर्ण निषेधाज्ञालाई चौथो पटक थप गर्दै जेठ मसान्तसम्म लम्ब्याउने निर्णय भएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा संक्रामक रोग तथा स्थानीय प्रशासन एन प्रयोग गरी आवतजावतलाई पूर्ण निषेध गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको उल्लेख छ ।
यस पटकको पनिषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्रीका पसल हप्तामा दुई पटक खोल्न दिने निर्णय भएको छ ।
जसमा खाद्यान्न, सागसब्जी, फलफुल, मासु तथा दुध डेरी पसल रहेका छन् ।




