मूल खबर

नेपालमा अहिले कुनै नयाँ भेरियन्ट भेटिएको छैन : मन्त्रालय

२० जेष्ठ २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गर्नुभयो । अहिले नेपालमा कोभिड–१९ को भेरियन्ट अफ कन्र्सनभित्र परेका ‘अल्फा (B.1.1.7),’ र ‘डेल्टा (B.1.617.2)’ मात्र भेरियन्ट गरेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) मात्र सक्रिय रहेको उहाँले जानकारी दिनु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्र्सनभित्र परेका र विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’ छुट्टाछुट्टै नाम दिइएको छ ।“जनस्वास्थ्यका विषयमा स्वास्थ्य मन्त्रालयबाट आधिकारिक सूचना जानकारी नदिई त्यस किसिमको भ्रमक समाचार सम्प्रेषण नगरी जिम्मेवार बनिदिन र त्यस किसिमका गतिविधि गर्ने गराउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई मन्त्रालय जिम्मेवार बन्न सचेत गराउँछ”, मन्त्रालयका प्रवक्ता डा. पौडेलले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सवैलाई अपिल गरेको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन नेपालले पनि नेपालमा नयाँ भेरियन्ट कुरा जानकारी नभएको स्पष्ट पारेको छ । सङ्गठनले नेपालमा रहेका भेरियन्टहरू अल्फा (B.1.1.7), डेल्टा (B.1.617.2) र काप्पा (B.1.617.1) हुन् र यीमध्ये अहिले डेल्टा सक्रिय रहेको भेरियन्ट रहेको जनाएको छ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button